१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

आगामी वैशाख १६ गते बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ। मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्सको अनलाइन आवेदन बन्द गरिएको जानकारी दिएको हो।  

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ। यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।’

प्रकाशित: १४ वैशाख २०७८ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App