७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

एक जना कोरोना संक्रमित भेटिएसंगै डोल्पाका सबै विद्यालय बन्द

जिल्लामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लाका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला संकट ब्यवस्थापन केन्द्रको प्रशासनमा बसेको बैठकले स्थानीय तहले विभिन्न मितिमा तोकेका विद्यालयस्तरीय बार्षिक परीक्षा समेत स्थगित गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए। यसको साथै विद्यालयलाई शिक्षक बिद्यार्थीको भौतिक उपस्थितीमा नभई वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न भने भनिएको छ। तर हिमाली जिल्ला डोल्पाका सबै विद्यालयमा इन्टरनेटको पहुँच नभएको र भएका विद्यालयमा पनि इन्टरनेटको क्षमता कम भएकाले बैकल्पिक पठनपाठन गर्न भने सम्भव छैन।

यसैगरि सरकारी कार्यालयहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने जिल्ला अस्पताल र स्थानीय तहले आवश्यक अक्सिजन आइसोलेसन तथा क्वारेन्टाइनहरु तयारी अवस्थामा राख्ने निर्णय समेत बैठकले गरेको छ। नेपाली सेनाले आपतकालिन अवस्थामा प्रयाप्त मात्रामा त्रिपाल तयारी अवस्थामा राख्ने,दुनै त्रिपुराकोट जुफाल लगायतका मुख्य बजारहरुमा संचालित खाद्यन्न र औषधी  पसलहरु बाहेक अन्य पसल होटेलहरु साँझ ६ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको प्रजिअ ढकाले बताए।

जिल्ला अस्पतालमा भएका दुई वटा भेन्टिलेटर पनि चालु अवस्थामा नभएकाले यथासिघ्र चालु अवस्थामा राख्न अस्पताल ब्यवस्थापन समितिलाई निर्देशन दिएको छ। कोरोना संक्रमण देखिएका जुफाल विमानस्थलका कर्मचारीसंग सम्पर्कमा रहेका सबै ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने एन्टिजिन परीक्षण गर्ने प्रशासनले जनाएको छ। जिल्लामा सुविधायुक्त सहितका कोभिड अस्पताल र आइसोलेसन भवन प्रयाप्त नभएकाले सम्भावित कोरोना संक्रमणको सम्स्याबाट बच्नका लागि जिल्लाका आठ वटै स्थानीय तह कोरोना संक्रमण विरुद्द पुर्व सतर्कताका लागि आवश्यक तयारी तर्फ जुट्नु पर्ने सरोकारवालाले बताएका छन। 

प्रकाशित: १६ वैशाख २०७८ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App