coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

धरान उपमहानगरपालिकामा अत्यावश्यकबाहेक सेवा बन्द

उपमहानगरपालिकामा कार्यरत कर्मचारी संक्रमित हुन थालेको साथै समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिए पछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ।  

नगर कार्यपालिका बैठकले आजदेखि वैशाख ३१ गतेसम्म ९ दिन अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार कोरोना भाइरस जोखिम न्युनीकरण तथा रोकथामको लागि उपमहानगरपालिका कार्यालय र मातहतको कार्यालयहरुमा अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरिएको हो।  

यो अवधिमा स्वास्थ्य सेवा अन्तर्गत कोरोना व्यवस्थापन सेवा सुचारु हुनेछ। यस्तै,सरसफाई सेवा, वारुणयन्त्र सेवा र खानेपानी वितरण सेवा मात्र प्रवाह हुने खतिवडाले जानकारी दिए। कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै वैशाख १ गते यता धरानमा मंगलबार साँझसम्म ३ सय ५७ जना संक्रमित भइसकेका छन् भने २ जनाको ज्यान गएको छ।

प्रकाशित: २२ वैशाख २०७८ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App