२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कर्मचारीमा संक्रमण देखिएपछि त्रियुगा नगरपालिका बन्द

सोमबारको परीक्षणमा एक कर्मचारी संक्रमित पाइएपछि नगरपालिकाको कामकाज बन्द गरिएको नरपालिकाका सूचना अधिकारी विश्वजीत राईले बताए।

सोलु करिडोर : १० बुँदे सहमतिपछि बन्द कटारी खुल्यो

निर्माणाधीन सोलु करिडोरको १३२ केभी विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माणको क्रममा प्रशासनले ज्यादति गरेको भन्दै स्थानीयले अघिल्लो दिनदेखि कटारी बजार र यातायात बन्द गरेका थिए।

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।

सोलु करिडोरमा लफडा: दर्जन पक्राउ, कटारी बन्द, ६ दिने विरोध कार्यक्रम घोषणा

करिडोरको १३२ केभि प्रशारण लाईन निर्माण क्रममा कटारी नगरपालिका ४ मरुवाका स्थानीयलाई जमिनको मुआब्जा नदिइ जवरजस्ती सुरक्षाकर्मी परिचालन गरेर बालीनाली र फलफुल नष्ट गरेको तथा धरपकड गरी ज्यादति गरेको भन्दै दलहरुले बजार बन्द गराएका हुन्।

काठमाडौं सुक्खा बन्दरगाह तयार

सुरुआती ठेक्का सम्झौता अनुसार यो आयोजना २०७७ वैशाखभित्रै निर्माण सम्पन्न हुुनुपर्ने थियो। तर स्थानीयको अवरोध र कोभिड–१९ ले आयोजनाको काम १४ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो।

हेलम्बुका बाढीपीडितको घर बन्दै

उक्त समुदायमा हेलम्बु गाउँपालिकाको डिजाइन अनुसार स्टार्ट फन्डको सहयोगमा केएर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा ३ कोठे अस्थायी आवास निर्माण कार्य सुरुभएको छ। जुन बाढीले बगाएको १ महिनामा नै उठ्ने क्रममा रहेको आत्मनिर्भर केन्द्रका कुमार थापाको भनाइ छ।

कैदीबन्दीका लागि पुस्तकालय!

प्रहरीको कारागारभित्र रहेका कैदीबन्दीहरुका लागि पनि पुस्तकालयको व्यवस्था गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, तर भक्तपुरस्थित महानगरीय प्रहरी वृत जगाती भक्तपुरले कैदीबन्दीका लागि पुस्तकालयको व्यवस्था मिलाएको छ।

भाडा बढाउन नपाएपछि यातयात नै बन्द

भाडा बढाउन नपाएपछि धादिङका यातायात व्यवसायीहरूले मंगलबार यातायात बन्द गरेका छन्। संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा बढाउन नपाएपछि यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन्।

लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटना बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्। पछिल्लो समय दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ।

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।

वीपीका चारै जना पदाधिकारीको कार्यालयमा तालाबन्दी, सबैको राजिनामा माग

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।

कांग्रेस महाधिवेशन: झन् मजबुत बन्दै ‘गुट’

जिल्ला नेतृत्व चयनका लागिसमेत मतदाता (क्षेत्रीय प्रतिनिधि) चुनिने महत्वपूर्ण मानिएको वडा एकाइ समितिको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्लास्तरका नेता अहिले गाउँ केन्द्रित बनेका छन्। फरक टिमबाट चुनिएका सक्रिय सदस्यहरूलाई कसरी आफ्नो गुटमा प्रवेश गराउन सकिन्छ भन्ने रस्साकस्सी पनि जिल्लाका कांग्रेसीभित्र चलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्