८ वैशाख २०८१ शनिबार
समाज

भरुवा बन्दुकसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। घरमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँ, सोही स्थानका मदनबहादुर बानियाँ र मिलन बानियाँलाई प्रहरीले पक्राउ गरेको हो। 

घरमा भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पर्शुरामको घरबाट एक नाल भरुवा बन्दुक, मदनको घरबाट छर्रा र बारुद लोड गरेको एक नाल भरुवा बन्दुक, १५० ग्राम बारुद र ४०० ग्राम धातुका छर्रा तथा मिलनको घरबाट छर्रा र बारुद लोड गरेको एक नाल बन्दुक फेला पारेको हो।  

भरुवा बन्दुकसहित पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले मंगलबार विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

प्रकाशित: १२ श्रावण २०७८ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App