ठूला नेता कोही वडामै कोही पालिकामा पराजित
गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।
गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।
कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन्। कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे।
दलहरू सच्चिने क्रमको थालनी प्रमुख विपक्षी नेकपा (एमाले)बाटै सुरु भएको छ। लामो समयदेखि संसद् अधिवेशन अवरोध गर्दै आएको एमालेले अब यसलाई सहज गराउन थालेको छ।
गोरखाको शहीदलखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी भएका हुन्।
इलामको माइजोगमाई गाउँपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर ६ को मतगणना हुनुअघि गठबन्धनका दलले १ नम्बर वडाको वडाध्यक्षको परिणाम घोषणा गर्न माग गरेपछि हिजो साँझ ७ बजेदेखि नै मतगणना रोकिएको हो।
आममतदाताको अहिले प्रमुख दलप्रति तीव्र असन्तुष्टि देखिएको छ। त्यसैले सुधारका निम्ति अहिल्यैदेखि थालनी गर्नु आवश्यक छ। त्यो सुधार भनेको आगामी निर्वाचनमा उठाइने उम्मेदवारको चयनमा पनि निर्भर गर्छ। सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने भन्दा पनि काममा ध्यान दिने प्रवृत्ति आवश्यक छ।
स्थानीय तह निर्वाचन सकिएपछि मतगणना धमाधम भइरहेको छ। धेरै ठाउँमा मतगणना सुरु भइसकेको छ।
काठमाडौंका मतदाताका सन्दर्भमा पहिले पनि यस्ता उदाहरण छन्। काठमाडौंका प्रभावशाली व्यक्ति गृहमन्त्री भएको बेला नानीमैया दाहाललाई प्रमुखमा भोट दिएर जिताएको उदाहरण दिँदै मल्लले मतदाताको आक्रोशकै कारण मत नखसेको बताए।
दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।
निर्वाचन आयोगले अघिल्लो निर्वाचनअघि मतपत्र छपाइ गर्न भनेर छापा मेसिन खरिद गरे पनि अहिले प्रयोग गरिएन। त्यो मेसिन अहिले प्रयोग नगर्नुको कारण के होला? राज्यले एकपटक गरिसकेको बजेट खर्चको सदुपयोग नगरेर चुनावैपिच्छे लागत बढाउने काम मात्र आयोगबाट किन भइरहेको छ ?
‘भोट हाल्न बाँचेजस्तो भयो,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहानै गएर भोट खसाल्नेछु।’ चुनावमा कसले जितेर के गर्यो भन्दा पनि आफ्नो जीवनमा धेरै परिवर्तन आएको उनले सुनाइन्।
स्थानीय तह निर्वाचन नजिकिदै गर्दा बागलुङमा दलहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन्।
‘गाउँगाउँमा चुनाव प्रचारप्रसारमा जाँदा जनताको राम्रो उत्साह छ,’ उनले भनिन्, ‘जनता पनि चुनावी गतिविधिमा सक्रिय भएका छन्।’ वडा नम्बर १९ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा धनराज कुर्मी (चौधरी) चुनावी मैदानमा छन्। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका विषयलाई प्राथमिकता दिइएको उनले बताए।
सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावीसभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो।