८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। पालुङटार नगरपालिका १ को अन्नपूर्ण मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। लाइनमा बसेर बिहान साँढे ८ बजे उनले मतदान गरेका हुन्।

मतदान गर्ने क्रममा उनले स्वस्तीक छाप लगाएको बाहिर देखिने गरी फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। निर्वाचन आचारसंहिता विपरीत मतदाता प्रभावित गर्ने खालको फोटो सार्वजनिक गर्न मिल्दैन। तर उनले आफूले फोटो सार्वजनिक गरेर कुनै गल्ती नगरेको बताएका छन्।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्। मतदान सुरु भएको केही बेरमै उनले मत खसालेका हुन्।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित  जागेश्वर उच्च माविको मतदान केन्द्रमा मतदान गरेका छन्। उनले उक्त विद्यालयका केन्द्र क मा मतदान गरेका हुन्।

मतदान गर्दै उनले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउनुको साथै विकास निर्माणले तीव्रता पाउनेमा आशावादी रहेको बताए। गोरखाका कांग्रेस, माओवादी, नेकपा एमालेका केन्द्रीय सदस्यले पनि आफ्नो केन्द्रमा पुगेर मतदान गरेका छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App