३ असार २०८१ सोमबार
image/svg+xml

सिल गरिएको उद्योगमा म्याद गुज्रेको रसायनिक विषादी

जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी रसायनिक विषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको शिवशक्ति वायो प्लान्ट्रीक प्रालिमा म्याद गुज्रेको उत्पादनहरु फेला परेको छ।

किसानलाई बगानमै पुगेर सिकाइँदै चिया सीप

अर्गानिक चियाको बजार सम्भावना उच्च भएर पनि किसानले यसबाट लाभ लिन सकेका छैनन्। पहाडी क्षेत्रको चिसो मौसममा उत्पादित अर्गानिक अर्थाेडक्स चियाले विश्व बजारमा उच्च मूल्य लिन सक्ने भएपनि गुणस्तर र परिमाणमा अझै ध्यान पुग्न सकेको छैन।

खलंगामा अर्गानिक मिनी मार्केट

जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ।

प्रदेश १ मा ३ सय ९३ संक्रमित थपिए

मोरङमा १ सय ४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेर्हथुममा १३, उदयपुरमा ९, इलाममा७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशले प्रांगारिक कृषि दिवस मनाउने

अर्गानिक कृषिको आधार खडा गरी अर्गानिक प्रदेश बनाउने योजनालाई सघाउ पुर्‍याउन कर्णाली प्रदेश सरकारले आगामी वर्षदेखि हरेक वर्ष प्रांगारिक कृषि दिवस मनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशभरि प्रत्येक फागुन ६ गते प्रांगारिक कृषि दिवस मनाउने प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

कर्णालीका अर्गानिक बस्तुको सरकारले बजारीकरण गर्ने

सरकारले कर्णालीका अर्गानिक उत्पादन देशैभर पुर्‍याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कर्णालीका अर्गानिक उत्पादनको बजारिकरण गर्ने तयारी थालेको हो।

मनास्लुमा बृहत् स्याउ फार्म

तीन सय रोपनी जमिनमा चार हजार तीन सय ७० विरुवा रोपिएको छ। अर्गानिक स्याउ, जुस, जाम र वाइन उत्पादन गर्ने योजना।

विषादीको मोलमा अर्गानिक बेच्नुपर्ने?

भारतीयट्रक नेपाल भित्रनुअघि नै पास पाइसकेको हुन्छ । यस्ता विषयमा ध्यान नदिउन्जेल न सामान्य कृषक न त अर्गानिक नै, उत्साहित हुने सवालै आउँदैन ।अर्गानिक किसानलाई उत्साहित नतुल्याउनु भनेको हामी विष खान तयार छौँ भन्ने सन्देशबाहेक केही हैन ।

विदेश जाने चिया गोदाममा

अर्गानिक उत्पादनको ख्याती कमाएका जिल्लाका टिस्टेटले उत्पादन गरेको चिया विक्रि हुन पाएको छैन । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादको मुख्य सिजनमा बिक्री गर्न नसक्दा टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत, इन्धनको प्रबन्ध गर्न समेत समस्या हुने अवस्था आएको बताइएको छ ।

कर्णालीमा कृषि: माग बढ्दो, उत्पादन घट्दो

कर्णालीमा उत्पादित अर्गानिक कृषि बस्तुको माग अत्यधिक बढेको छ। कर्णाली भित्रिने हरेक अन्तरिक तथा बाह्य पर्यटकले स्थानीय बालीबाट बनेको खाना निकै मनपराउँछन्।उनीहरुको माग पनि अत्यधिक हुने गरेको होटल ब्यवसायीहरु बताउँछन्।

जुम्लामा स्याउ खेत बढ्दै

जुम्लामा बर्सेनि स्याउको क्षेत्रफल बढ्दै गइरहेको छ। स्याउखेतीबाट किसानलाई फाइदा हुन थालेपछि किसान स्याउखेतीमा आकर्षित हुन थालेका हुन्।

अर्गानिक प्रमाणीकरणमा साना किसान पहुँचभन्दा बाहिर

प्रत्येक शनिबार पुरानो बानेश्वरस्थित ‘आरएन्डडी फार्मसर्् मार्केट’ घुम्दै किसानसँग कुराकानी र उनीहरूका कृषि उत्पादन नकिनेसम्म पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहलाई चित्तै बुझ्दैन।

अर्गानिक तरकारी उत्पादनमा सरनटाडी देशकै नमूना

बजारमा अर्गानिक तरकारी पाउन मुस्किल छ। कतिपय नयाँ पीढिलाई त यसको बारेमा जानकारी समेत छैन। उत्पादन बढाउन विषधी प्रयोग गर्ने चलन बढ्दो छ। तर रूपन्देही जिल्लाको देवदह क्षेत्रका कृषकहरू जौविक मल र विषाधिको प्रयोग गर्दै सामूहिक रुपमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छन्।

मेलामा अर्गानिकको आकर्षण

महोत्सवको दक्षिणतिर लहरै लागेका होटेल छन्। जहाँ कोदो, फापरका सेलरोटी, सिस्नोलगायत अर्गानिक परिकार लस्करै राखिएका छन्। महोत्सवमा आउने दर्शकको मन बजारमा पाइने खानेकुरा भन्दा अर्गानिक तिरै तानिन्छ। शुक्रबारदेखि वीरेन्द्रनगरमा जारी महोत्सवमा अर्गानिक खाना दर्शकको प्रमुख रोजाइ बनेको छ।

पर्यटकलाई अर्गानिक खान्की

जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्