coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकी सेलेरियो सार्वजनिक

नेपालका लागि सुजुकी चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट राहत मिल्ने कम्पनीले जनाएको छ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षासहित सुविधायुक्त भएकाले सेलेरियो नेपाली बजारमा निकै रुचाइएको र पारिवारिक सवारी बन्न पुगेको कम्पनीको दाबी छ। कम्पनीका सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिनासम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ।

अल न्यु सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनका साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिस थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ।

एनिमेटेड स्विपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५ इन्च अर्बन कालो अल्लो  पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ।

नयाँ सेलेरियोलाई थप आरामका लागि ऊर्जावान् र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ। स्विपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्ट्रमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ। उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्डब्यारेल–थिम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App