१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकप खेल्ने बांगलादेशी टोलीको घोषणा

आइसिसी टी-२० पुरुष विश्वकप खेल्ने बांग्लादेशी टोलीको घोषणा भएको छ। आइतबार बांगलादेशी क्रिकेट बोर्ड (बीसीबी)ले लिटन दासको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वकप फेब्रुअरी ७ गतेदेखि सुरु हुँदैछ। समूह ‘सी’ मा परेको बांग्लादेशीले नेपाल, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजको सामना गर्नेछ।

यस्तो छ टी-२० विश्वकप खेल्ने बांग्लादेशीको टोली:
लिटन दास (कप्तान), मोहम्मद सैफ हसन (उपकप्तान), तान्जिद हसन, परवेज हुसेन इमोन, तौहिद हृदोय, शमीम हुसेन, काजी नुरुल हसन सोहन, शाक महेदी हसन, रिशाद हुसेन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तस्किन अहमद, शैफ उद्दीन र शरीफुल इस्लाम

प्रकाशित: २० पुस २०८२ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App