१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अर्गानिक तरकारी उत्पादनमा सरनटाडी देशकै नमूना

भैरहवा - बजारमा अर्गानिक तरकारी पाउन मुस्किल छ। कतिपय नयाँ पीढिलाई त यसको बारेमा जानकारी समेत छैन। उत्पादन बढाउन विषधी प्रयोग गर्ने चलन बढ्दो छ। तर रूपन्देही जिल्लाको देवदह क्षेत्रका कृषकहरू जौविक मल र विषाधिको प्रयोग गर्दै सामूहिक रुपमा अर्गानिक तरकारी उत्पादन गरिरहेका छन्। १० वर्षअघि देखि कृषकहरुले अन्नबालीभन्दा पनि राम्रो आम्दानी अग्र्यानिक तरकारी खेतीबाट पाएपछि सय बढी घरधुरीले अर्गानिक खेती गरिरहेका छन्।

पूर्व पश्चिम राजगमार्गदेखि करिब ३ किलोमिटर उकालो देवदह नगरपालिकाकै विकट क्षेत्रको रुपमा रहेको  सरनटाडी क्षेत्र अहिले सिमीले लह लहै छ। मगर समुदायको बसोवास रहेको सो क्षेत्रमा अहिले ५६ बिघा बढी जग्गामा सिमीसहित तरकारी खेती गरेर देशक नमुना काम गरेका छन् । अगार्निक खेतिबाट सोचे जति फाइदा हुन्छ। वर्षातको समयमा धान खेती र हिउँदमा अग्र्यानिक सिमी, पिडालु, तरुल, टमाटर, मुला, भाण्टा, करेला, काक्रा भुईकटर खेती सरनटाडीका किसानले गर्दै आएका छन्।

माटोको उर्वरशक्ति बढी छ, पहिलैदेखि प्राङगरिक मलको प्रयोग गरेकाले हालसम्म रासायनिक मलको प्रयोग गरेका छैनौ, कृषक मानबहादुर गाहाले भने हरेक वर्ष माटो परिक्षण हुन्छ, आवश्यकता अनुसारको गड्यौला मल, प्राङगरिक मल  प्रयोग गरेर उर्वरभूमिलाई समानान्तर बनाइने गरेको छौ। रोग लागेमा जौविक विषाधीको रुपमा असुरो, निम, बकाइनो जस्ता अर्गा्निक विषादी प्रायोग गर्छौ गाहाले नागरिक न्यूजलाई भने।

कृषकहरुले कुलो खनेर बारी–बारीमा सिंचाइ सुविधा पुर्याएका छन्। पुरानो पद्धतिबाट तरकारी खेतीले त्यति आम्दानी गर्न नसके पनि समुहगतरुपमा नयाँ पद्दति र अगार्निक तरकारीमा लागेपछि आम्दानी राम्रो छ कृषकहरुले भने। आफ्नै घर छेउमा रहेको खेतमा काम गर्न पनि धौधौ नहुने, अनावस्यक समय खर्चनु भन्दा अगार्निक तरकारीबाट आम्दानी पनि राम्रै हुने तरकारीहरुको स्थानीय बजारमा खपत पनि राम्रै हुन्छ।

सामूहिक रुपमा प्राङगारिक खेती गर्ने देशकै नमुना र ठूलो अग्र्यानिक सिमी क्षेत्रको रुपमा सरनटाडी भए पनि संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको छैन। सडक र पुलको समस्या छ पानी परेको बेला खहरे खोला हुदै आएको बाटो अवरुद्ध हुन्छ सय घरधुरीहरुको आवतजावत बन्द हुन्छ देवदह नगरपालिका ६ नं. वडा अध्यक्ष दामोदर क्षेत्रीले भने
अग्र्यानिक खेतीको लागी जिल्लाभरि प्रख्यात रहेको सरनटाडीको उत्पादन बिचौलियाकै कारण ओझेलमा परेका छ। एकिकृत भएर बेच्न खोज्दा पनि बिचौलियाहरुले बिभिन्न प्रलोभनमा पारेर किसानलाई एकजुट नै हुन नदिएको क्षेत्रीकोे आरोप रहेको छ। ब्यापारीहरु कृषकको नभई आफ्नो मनोमानी ढंगले उत्पादित तरकारीको दर तोक्ने गरेको उनले बताए।

ज्यालामजदुरी गर्नुभन्दा पनि एक अर्काको आवश्यकता अनुसार सहकार्यमा काम सबै कृषकहरु मिलेर काम गर्छन्। २०६५ सालमा संकलन केन्द्र बने पनि केही समयपछि विचौलियहरुले आफ्नो स्वार्थका लागि कृषकहरु बीच द्वन्द गराएकोले संचालनमा कठिनाई भएको छ। घरमै आउने बिचौलियाहरुले उनिहरुबाट ३० रुपैया प्रतिकिलोका दरले सिमी खरिद गरि बजार पु-याउछन्, त्यही सिमी उपभोक्ताको हाथमा आईपर्दा १ सय २० रुपैया प्रतिकिलो भन्दा बढी परि रहेको हुन्छ। वडा अध्यक्ष क्षेत्रीले भने, ‘यहाँबाट दैनिक ५० क्विन्टल सिमी बुटवल जाने गरेको छ, घरबाट नै तरकारी उठाउँछ, हामीलाई बजारीकरणको कुनै समस्या छैन,’ स्थानीय सरनकाली कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका किसान मानबहादुर गाहाले भने। मौषम अनुकुल हुने तरकारी खेती र पशुपालन समेत गर्दै आएका सरनटाडीको कृषकहरुले संयुक्त रुपमा लगाउने गरेका छन्। बिषादी रहित भएको कारण देवदहमा हैन जिल्लामै यसको उत्पादनहरुको माग बढ्दो रहेको छ।

कृषिको लागी जिल्लाकै उत्कृष्ट मानिएको सरनटाडीका कृषकलाई एकजुट बनाउनु पर्ने आवश्यकता रहेको छ। कृषकहरु एकजुट भएर सरनटाडीलाई तरकारीको पकेट क्षेत्र बनाए त्यसमा नगरपालिकाले नै लगानी गर्ने देवदह नगर प्रमुख हिरा बहादुर खत्रीको भनाई छ। उनले पकेट क्षेत्र बिस्तारमा प्रदेश र संघले सहयोग नगरे पनि नगरपालिकाले आफनै श्रोतबाट यसको बिकासमा लाग्ने बताए।

मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकोले सबै कृषक एकजुट भएर कृषिमा लाग्न सल्लाह दिए। सरनटाडीका कृषकहरु बिचौलियाको सिण्डिकेट तोड्न गरेको प्रयास पनि उनिहरु एकजुट नभएकै कारण असफल भएको छ। सरहनकाली सहकारी दर्ता गरी सोहीमार्फत तरकारी संकलन केन्द्र बनाए पनि बिचौलियाहरुले कृषकलाई बढी रकमको प्रलोभनमा पारेको कृषकहरुको गुनासो छ। नगरपालिकाले सिमी पकेट क्षेत्र घोसणा गरेको छ। ५ लाखको लागतमा मिनी टिलर, स्प्रेयर विउपल लगायताका पूर्वाधार दिएका छौ। सहकारीलाई पनि उत्प्रेरित गरिरहेका छौ। प्राङगरिक पसलको स्थापना पनि गरेका छौ।

देवदह नगरपालिकाले अगाडि यस अघि पनि बिभिन्न अनुदान तथा सुविधाहरु दिएको नगरपालिकाका कृषि शाखा प्रमुख अश्विनी कुमार शर्माको भनाई छ। उनले सरनटाडीलाई सिमी पाकेट क्षेत्र घोषणा गरि बिभिन्न सहयोग गरिएको बताए। पुजीगत तर्फ सिचाई र यान्त्रीकरणमा र चालतर्फ विउपल र तालिमममा नगरपालिकाले सहयोग गरेको छ। देवदह नगरपालिका दुध, तरकारी, तोरीमा आत्मनिर्भर छ।

प्रकाशित: २५ पुस २०७६ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App