१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

सिल गरिएको उद्योगमा म्याद गुज्रेको रसायनिक विषादी

जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी रसायनिक विषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको शिवशक्ति वायो प्लान्ट्रीक प्रालिमा म्याद गुज्रेको उत्पादनहरु फेला परेको छ।

परवानीपुरमा रहेको उद्योगमा बाराको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको नेतृत्व टोलीले अनुसन्धानको क्रममा म्याद गुज्रेको उद्योगको उत्पादनहरु फेला पारेको हो। अनुसन्धानको क्रममा सोमबार उद्योगमा पुगी हेर्दा आधी भन्दा बढी बजार पठाउन त्यारी गरिएको उत्पादनहरु म्याद गुज्रेको बरामत गरिएको सहायक प्रजिय सेढाईले बताए।

खनिजा ब्राण्डको ४० किलोग्रामको ७१ बोरा, खनिजा ५ किलो २०८ प्याकेट, धनराज ब्राण्डको २०० ग्रमको ३५२ प्याकेट, जेट फलावर ब्रण्डको ५०० एम एलको ७७ बोटल, धरती ब्राण्डको ३ किलोग्रामको १५७८ प्याकेट म्याद गुज्रेको फेला परेको सेढाईले बताए।

म्याद गुज्रेको प्याकेट र बोराहरुलाई पुनः उद्योगको गोदाममा राखेर सिलबन्दी गरिने दाबी सेढाईले गरेका छन्। २०६८ सालदेखि सञ्चालन गरिएको उद्योगमा भारतीय नागरिक के. बबी रावको लगानी रहेको उद्योगका प्रतिनिधीहरुले बताएका छन्।

उद्योगका प्रतिनिधी रामाकान्त भारतीले उद्योगले अर्गानिक मल र विरुवा वृद्धी उतेजक रसायनिक मल मात्रै उत्पादन गरेको दावी गरेका छन्। कोभिडको कारणले बजारमा पठाउन नसकेको म्याकेट र बोराहरुको म्याद गुज्रेको भारतीले बताए। बजारमा रहेका प्रतिस्पर्धीहरुले झुठोको उजुरी दिएर बहुराष्ट्रिय उद्योगलाई बदनाम गर्न खोजेको आरोप लगाए।

माघ ३ गते परवानीपुरबाट चितवन पुर्‍याउँदै गरेको अवस्थामा घातक विषादी लोड गरेका ना ३ ख १८९ नम्बरको ट्रक सहित जिल्ला प्रहरी कार्यालय चितवनले उद्योगका  ४ जनालाई पक्राउ गरेका थियो। चितवन प्रहरीको अनुसन्धानबाट अर्गानि भन्दै घातक विषादी खुलेआम बिक्री गरेको खुलेपछि माघ ४ गते बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईको नेतृत्वमा गएको टोलीले सिलबन्दी गरि अनुसन्धान शुरु गरेको थियो।

कारोबारको अनुमति लिएको भन्दा अन्य फरक माल वस्तु बिक्री गरेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरि अनुसन्धान गरि रहेको सहायक प्रजिय सेढाईले बताएका थिए। घातक विषादी बिक्री गर्दैआएका उद्योगले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र एसपी दिलीपसिंह देउवालाई गोदामको सिल खोल्नका विभिन्न किसिमले प्रलोभन विचौलियामार्फत दिई रहेको चर्चा छ।

सीडीओ र एसपीको साथ साथै कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव मार्फत पनि उद्योगको सिल खुलाउन र परिक्षणको लागि पठाइएको उत्पादनको रिपोट आफू अनुसारको बनाउन विचौलिया मार्फत् सक्रिय बनेका आरोप किसानहरुले लगाएका छन्। परवानीपुरमा रहेको शिवशक्ति बायो प्लान्ट्रीक  प्रालिम म्याद गुज्रेको उद्योगको उत्पादनहरुको निरिक्षण गर्दै सहायक प्रजिय सेढाई।

प्रकाशित: २ फाल्गुन २०७८ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App