२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्थिति नियन्त्रण बाहिर जान थालेपछि डिएपी महतो प्रदेश प्रहरी कार्यालय तानिए

रौतहटको गरुडा ८ जिङगडियामा भएको युवकको हत्या प्रकरणमा स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतो प्रदेश २ प्रहरी कार्यालय जनकपुर तानिएका छन्।

मन्दिर प्रवेश गर्न खोज्दा कुटिए दलित युवक

धार्मिक परम्परानुसार कालीकोटमा पुजाका लागि मन्दिर प्रवेश गर्न खोज्दा एक दलित युवक कुटिएका छन्। जिल्लाको शुभकालीका गाउँपालिका–७, स्थित मच्छेवाडीमा धल्पुरा देवताको पुजा गर्न मन्दिर प्रवेश गर्न खोज्दा सोही गाउँपालिका–८, पुरीबाडाका २२ वर्षीय पंखबहादुर विकलाई अन्य जातिका युवाहरूले कुटपिट गरेका हुन्।

नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पौडी खेल्ने क्रममा सेतीले बगाउँदा युवक बेपत्ता

पौडी खेल्ने क्रममा सेती नदिले बगाएर एक युवक वेपत्ता भएका छन् । साथीहरूसंग पौडी खेल्ने क्रममा व्यास नगरपालिका–५ पाटनबाट युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ज्यान मार्ने उद्योगमा एक युवा पक्राउ

दुई साताअघि इटहरीमा ग्यास सिलण्डर भण्डारणमा आगो लगाएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।

वृद्धाको हत्या अभियोगमा युवक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउँदै नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ

यस घटनामा वाराणसीको भेलुपुरमा प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।

कालीगण्डकीमा युवक मृत फेला

बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कटुवा बन्दुकसहित रौतहटमा एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय गरुडाले कटुवा बन्दुक र त्यसमा लाग्ने दुई थान गोलीसहित एक युवकलाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ८ जयराजपुरका हुसेनी अन्सारीका ४० वर्षका छोरा कर्मुल्लाह अन्सारी रहेको इप्रका गरुडाले जनाएको छ ।

डोटीको क्वारेन्टिनमा भारतबाट आएका युवकको मृत्यु

पाँचदिनअघि भारतबाट आएर डोटीको एक क्वारेन्टिनमा बसेका १९ वर्षिय युवकको मृत्यु भएको छ। केआई सिंह गाउँपालिका–३ को सीताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको सोही ठाउँका युवकको आइतबार बिहान मुत्यु भएको हो।

‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्‍यो ।

बुहारी ल्याउला भनेको, छोराको शव आयो

जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले बुहारी ल्याउने अपेक्षामा विक परिवारमा एकाएक बज्रपात भयो ।

चार दिनअघि बेपत्ता युवक मृत फेला

गत मंगलबारबाट बेपत्ता भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का युवक ४ दिनपछि मृत फेला परेका छन्।

धादिङमा खुँडा प्रहार गरी युवकको हत्या

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा) प्रहार गरी एक युवकको हत्या भएको छ । स्थानीय बोर्डिङका प्रधानाध्यापक समेत रहेका यमबहादुर गुरुङलाई शनिबार गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।

जबरजस्ती करणी आरोपमा चार पक्राउ

कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्