coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जबरजस्ती करणी आरोपमा चार पक्राउ

कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिका–१ खुरखुरीया नजिकै एक १७ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा चार युवकलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार पीडित किशोरी सोही नगरपालिका–१ स्थित चनौरामा रहेको आफन्तको घरमा यही वैशाख १ गते भेटघाट गर्न गएकी र मङ्गलबार बिहान आफ्नो घर धनगढीतर्फ फर्किने क्रममा खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका चार जनाको समूहले करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उक्त समुहले धारिलो हतियार देखाई पीडितसँगै रहेका तीन जनालाई कुटपिटसमेत गरी पीडितलाई त्यहाँबाट झण्डै १०० मिटर टाढा एकान्त स्थानमा लगी जबरजस्ती करणी गरेको बताइएको छ। प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल बरामद गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: ३ वैशाख २०७७ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App