२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

बुधवार दिउँसो व्यास–१ विज्ञानचौर स्थित पिताम्बर थापाको घरमा वल्डलिङ्क कम्पनीको नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।  

करेन्ट लागेर गम्भीर घाइते श्रेष्ठको रत्नहरि अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको डिएसपी तिमिल्सिनाले बताए ।

प्रकाशित: २१ श्रावण २०७७ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App