५ वैशाख २०८१ बुधबार
समाज

पौडी खेल्ने क्रममा सेतीले बगाउँदा युवक बेपत्ता

पौडी खेल्ने क्रममा सेती नदिले बगाएर एक युवक वेपत्ता भएका छन् । साथीहरूसंग पौडी खेल्ने क्रममा व्यास नगरपालिका–५ पाटनबाट युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मादी र सेती दोभान परिसरमा शनिबार दिउँसो पौडी खेल्ने क्रममा व्यास–१ डाँडागाउँका ३५ वर्षीय राजकुमार परियारलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

पाँच जनाको समूहमा पौडी खेल्न गएका राजकुमारलाई नदिले बगाएको उनका साथीहरु भने पौडी खेलेर पाखामा आउन सफल भएको डिएसपी तिमिल्सिनाले बताए । ‘परियारको खोजी कार्य भइरहेको छ,’ उनले भने ।

प्रकाशित: १७ श्रावण २०७७ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App