१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वृद्धाको हत्या अभियोगमा युवक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका–३ कि ७१ वर्षीया कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका १७ वर्षका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई मझुवा स्थित आबुखैरेनी र मनकामना जोड्ने दरौंदी पुल नजिकैको पसलबाट आईतबार पक्राउ गरिएको सोमबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुले जानकारी दिए । पक्राउ परेका युवकले ति महिला लडेको देखेर उठाउन जाँदा गाली गरेपछि आवेगमा ढुङ्गाले हिर्काएको स्विकार गरेका छन्। जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी गुरुङले बताए । नबालक रहेकाले युवकको नाम खुलाइएको छैन ।

प्रकाशित: १२ श्रावण २०७७ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App