coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कटुवा बन्दुकसहित रौतहटमा एक युवक पक्राउ

इलाका प्रहरी कार्यालय गरुडाले कटुवा बन्दुक र त्यसमा लाग्ने दुई थान गोलीसहित एक युवकलाई शनिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ८ जयराजपुरका हुसेनी अन्सारीका ४० वर्षका छोरा कर्मुल्लाह अन्सारी रहेको इप्रका गरुडाले जनाएको छ ।

हतियार र गोलीसहित एक जना युवक नहरतिर आउँदै छ भन्ने गोप्य सूचनाको आधारमा चेकजाच गर्न बसेको इप्रकाको टोलीले हतियार र त्यसैमा लाग्ने दुई थान गोलीसहित मानिसलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि ज्ञानकुमार महतोले जानकारी गराएका छन् ।

अन्सारीलाई वृन्दावन नपा वडा नम्बर ६ स्थित बागमती नहरबाट पक्राउ गरिएको हो । आफ्नो घरतिरबाट नहरतिर जाँदै गरेका अन्सारी प्रहरीलाई देखेपछि भाग्न खोजेका थिए । प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिई चेकजाच गर्दा हतियार र गोली बरामद भएको हो । पक्राउ परेका अन्सारीलाई इलका प्रहरी कार्यालय गरुडामा राखिएको छ ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App