४ वैशाख २०८१ मंगलबार
समाज

चार दिनअघि बेपत्ता युवक मृत फेला

गत मंगलबारबाट बेपत्ता भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का युवक ४ दिनपछि मृत फेला परेका छन्। २१ बर्षीय केशव खवासको शव शुक्रवार साँझ मिक्वाखोला र मेरिङ्देन गाउँपालिका बीच भई बग्ने मेवाखोलामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

खवास  मेवाखोलामा हामफाली बेपत्ता भएको प्रहरीलाई जानकारी आएपछि प्रहरीले खोजतलास गरिरहेको थियो। सोहि क्रममा हामफालेको भनिएको स्थान भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरक्षकको कमाण्डमा प्रहरीटोली घटनास्थलतर्फ परिचालित गरिएको समेत डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०७७ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App