१७ असार २०८१ सोमबार
image/svg+xml

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

निस्कासित कर्मचारीको धर्नाले त्रियुगाको कामकाज ठप्प

५९ करारका कर्मचारीको म्याद नथप्ने नगरप्रमुखस्तरीय निर्णयको हवाला दिँदै असार ३१ गते सूचना प्रकाशित भएपछि आन्दोलित कर्मचारी नगरपालिका गेटमै धर्ना बसेका कारण नगरको कामकाज ठप्प भएको हो।

शान्तिसम्झौतापछि मधेस आन्दोलित

पूर्ण समावेशी लोकतान्त्रिक संविधान निर्माण नभएसम्म आन्दोलन गर्ने मधेसी दल मूलधारमा आइसकेका छन्। यद्यपि संविधान संशोधनको अजेन्डा कहिले सम्बोधन हुन्छ ? यसको जबाफ न उनीहरूसँग छ न सरकारसँग।

रौतहटका दलितहरु आन्दोलित

दलित आबासको तत्काल व्यवस्था गर्नुपर्ने माग राख्दै रौतहटका दलितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

आन्दोलित विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

भविष्य अन्योल पारिएको भन्दै विद्यार्थी आन्दोलित

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्।

निजी स्रोतका शिक्षक आन्दोलित

बैतडीको सिगास गाउँपालिका शिक्षक तलब नपाएको भन्दै आन्दोलित भएका छन्। गाउँपालिकाले नियुक्त गरेका विभिन्न विद्यालयमा कार्यरत स्वयंसेवक शिक्षक तलब नपाएको भन्दै आन्दोलित भएका हुन्।

बिजुली माग्दै जुम्लावासी आन्दोलित

झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन्। उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन्।

प्रधानमन्त्रीले शिलान्यास गरेको सडक पहुँचका भरका तोडमोड गरेको भन्दै स्थानीय आन्दोलित

प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको तेह्रथुमको आठराइ गाउँपालिकास्थित सुकेपोखरी हुँदै ताप्लेजुङको ढुङ्गेसाँघु जोड्ने कालोपत्रे सडकलाई राजनीतिक पहुँचका भरमा तोडमोड गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।

धनकुटाका एम्बुलेन्स चालक आन्दोलित

असुरक्षित रूपमा बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

नौ सूत्रीय माग राख्दै वीपी प्रतिष्ठानका जुनियर डाक्टर आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरु विभिन्न ९ सुत्रीय माग राखेर सांकेतिक आन्दोलन शुरु गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्