१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सिंहदरबारभित्र नासुहरु प्लेकार्डसहित आन्दोलनमा

कर्मचारीको वृत्ति विकासलगायत माग राखेर देशैभरका नायव सुब्बाहरू आन्दोलित  छन्।

यसै क्रममा उनीहरुले आइतबार देशभरका कार्यालयहरुमा विभिन्न नाराहरु लेखिएको प्लेकार्ड राखेर आन्दोलन गरिरहेका छन्।  

माननीय ज्यू ! नायब सुब्बा लगायतका अनंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु ! तर झार्नुपर्ने सधैं आँसु ?, रा. प. तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत, १० प्रतिशत  आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धा कायम गरियोस् !,तहगत प्रणाली लागू गरियोस्! लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन्।

सोमबारसम्म माग सुनवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरी अगाडि बढ्न उनीहरुको भनाइ छ।

प्रकाशित: २९ श्रावण २०७९ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App