१८ असार २०८१ मंगलबार
image/svg+xml

बालविवाह रोक्दै किशोरी समूह

विगत वर्षमा भन्दा कालिकोट जिल्लामा बालविवाह रोकिएको पाइएको छ। बालविवाह, छिटो विवाह, जबरजस्ती विवाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकार जस्ता विभिन्न हिंसा न्यूनीकरण गर्न कालिकोटका गैरसरकारी संस्थाहरूले अभियान थालेपछि बालविवाह रोकिँदै गएको हो।

कालिकोटमा बालविवाह रोक्न अभियान

२०७२ सालमा बनेको रणनीतिक योजनामा २०८० सालसम्म कालिकोट जिल्लालाई बालविवाहमुक्त जिल्ला घोषणा गर्ने उल्लेख छ। तर, त्यो मिति आउन आठ महिना मात्र बाँकी हुँदा गाउँमा बालविवाहको अवस्था उस्तै रहेकाले यो अवधिमा घोषणा गर्न नसकिने भन्दै अर्को कार्ययोजना तयार गरेर अभियान थाल्नुपर्ने निष्कर्ष निकालिएको छ।

विवाहको उमेर नपुग्दै सुत्केरी

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार भने हुन सकेको छैन। लिखत रूपमै गैरकानुनी मानिएको यो अपराध दिनप्रतिदिन बढिरहेको छ।

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छिन्। उनले ललितपुरको दुर्गम गाउँं डुकुछापबाट अभियान थालेकी हुन्।

बालविवाहको अर्काे रुपः भारतमै बालविवाह गरेर फर्किन्छन् घर

पाहुनाका रुपमा भारत जाने र विवाह गरेर उनीहरु फर्किने गरेको उनी बताउँछिन्। बाँकेमा अहिले करिब ३५ देखि ४० प्रतिशतसम्म बालविवाह हुने गर्छ।

कानूनी लगाममा मात्रै बाँधिएको बालविवाह न्यूनीकरण

नेपाल बालविवाह हुने मुलुकमध्ये अग्र पंक्तिमै आउँछ भने दक्षिण एसियामा तेस्रो स्थानमा पर्दछ।

‘विहेबारी बीस वर्षपारी’

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ।

बालविवाह रोक्ने अभियान चलाउँदै स्थानीय तह

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रूपमा भइरहेकाले न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन्।

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो।

बालविवाह गर्ने जोडी पक्राउ

दैलेखमा बालविवाह गरेको आरोपमा एक जोडी पक्राउ गरेको छ। पक्राउ पर्नेमा चामुण्डाविन्द्रसैनी नगरपालिका २ बस्ने भक्तिराम कंडेल र एक बालिका रहेकी छिन्।

बालविवाहलाई धर्मले प्रेरित गर्दैनः धर्म गुरुहरु

बालविवाहलाई कुनैपनि धर्मले प्रोत्साहन नगर्ने सबै धर्मका गुरुहरुले बताएका छन्। हिन्दू धर्मावलम्बीका गुरुको रुपमा परिचित हर्ष थापाले बालविवाह लगायत समाजमा रहेका हानिकारक अभ्यासलाई हिन्दू धर्मले साथ नदिने बताए।

बालविवाह घटाउन अभिभावकले आफ्नो अनुभव सुनाए

पहिला मागेर हुने बालविवाह अहिले आफै गर्ने प्रचलन बढेको छ। कलिलो उमेरमै विवाह गर्ने कारण पारिवारिक संंस्कारले पनि प्रभाव पार्ने जानकी पुन मगरको अनुभव छ।

बालविवाह रोक्न रणनीति कार्ययोजना बनाउँदै कपिलवस्तु नगरपालिका

युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा अझै पनि ६१ दशमलव ५ प्रतिशत बालविवाह रहेको तथ्यांक प्रस्तुत गरेका थिए। त्यसमध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन्।

जाग्दै किशोरी, भाग्दै विकृति

पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्