२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छिन्। उनले ललितपुरको दुर्गम गाउँं डुकुछापबाट अभियान थालेकी हुन्।

उनले २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथा पुगेपछि चुचुरोबाट बालविवाह रोकथाम अभियान गर्ने उद्घोष गरेकी थिइन्।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन्।

कल्पना ती स्कुल र वस्तीमा पुगेर बालविवाहका विषयमा जानकरी दिन पुगेकी हुन्। साथै उनले त्यस अवसरमा बालविवाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिएकी थिइन्। उनले स्कुल र समुदायमा पुगी बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन्।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो। नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड.ख्या ८४ हजार एक सय १५ रहेका छन्। नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन्।

दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन्। यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ। गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बत तर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन्।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबा नगरपालिको लोगो अंकित झण्डा र जोशीको फोटो अंकित झण्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएका थिइन्।

एक्स्पेरियन्स आउटडोर्स नेपालको व्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा 'शिक्षाको माध्यबाट बालविवाह रोकथाम अभियान २०१९' वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेकी थिइन्। यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन्।

प्रकाशित: १४ वैशाख २०७९ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App