२० असार २०८१ बिहीबार
image/svg+xml

बालविवाह न्यूनीकरणप्रति स्थानीय तह उदासिन

जुम्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्। तर बालविवाहको तथ्यांक कतै पाइँदैन। २० वर्ष मुनिका बालिका गर्भ चेक गराउन आउँदामात्र बालविवाह गरेको पहिचान हुन्छ।

बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।

पुस्तैपिच्छे बालविवाहको बदलिँदो रुप

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

अझै रोकिएनन् बालविवाह

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए।

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ। जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो।

बालविवाह अन्त्यका लागि पैरवी कार्यक्रम

बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउन जनप्रतिनिधिलाई अग्रसर गराउन पैरवी कार्यक्रम राखिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रमले पाटन नगरपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो।

बालविवाह विरुद्ध किशोरी

सचेतना कक्षाबाट बालविवाहबाट हुने हानीनोक्सानीका बारेमा बुझेपछि बालविवाह लगायत सामाजिक कुसंस्कार विरुद्ध लाग्न सहज भएको शिवनाथ गाउँपालिका–५ की सोनिया पार्कीले बताइन्। अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जालको प्रभाव, कानुनी ज्ञानको अभावमा जिल्ला बालविवाह घट्न सकेको छैन।

बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिए।

लकडाउनपछि बालविवाह बढ्यो

‘‘१० कक्षामा पढ्थी, लामो समयदेखि विद्यालय बन्द भएपछि घरमै मोबाइल चलाउन दिएँ’, दिव्याले भनिन्, ‘त्यही मोबाइलमा दिनभरि को–कोसँग गफ गरिछन्, मैले समय दिन पाइनँ, छोरीले कम उमेरमै विवाह गरेर जिन्दगी बर्बाद गरिछ।’

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

रोकिएन बालविवाह

बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन्। जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ।

बालविवाहमा संलग्न बेहुलासहित पाँच पक्राउ

विवाह सम्पन्न गरेर बेहुली अन्माउने तयारीमा रहेका बेहुलासहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

धुमधामका साथ भइरहेको बालविवाह रोक

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्