२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

धुमधामका साथ भइरहेको बालविवाह रोक

थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ। आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिए।  

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो। प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाई विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।  

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ। उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ। साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।  

प्रकाशित: २६ जेष्ठ २०७७ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App