२३ असार २०८१ आइतबार
image/svg+xml

निमन्त्रणा कार्डमा उमेर नखुलाए विवाह बहिस्कार

बालविवाह न्यूनीकरण गर्न बैतडीको शिवनाथ गाउँपालिकाले विवाह निमन्त्रणा कार्डमा दुलाहदुलहीको उमेर उल्लेख गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ। निमन्त्रण कार्डमा उमेर नखुलाएको विवाहमा सहभागी नहुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। ‘बालविवाह जस्तो हानिकारक चलनले समाजलाई असर गरेको छ,’ उनले भने, ‘बालविवाह रोकथामको लागि दुलाहादुलहीको उमेर नखुलाई निमन्त्रणा दिने बिहेमा नजान सबै पालिकाबासीलाई आग्रह गरेका छौं।’

दुई महिनामा तीन बालविवाह रोकिए

म्याग्दीमा सबैभन्दा धेरै बालविवाह धवलागिरी गाउँपालिकामा हुन्छ। सो गाउँपालिका–२ लुलाङमा गत आवमा मात्र १० भन्दा धेरै बालविवाह भएका थिए।

रोकिएन बालविवाह, बढ्दै किशोरी आमा

फगाम स्वास्थ्य चौकीमा भेटिएकी तिर्सना विक २० वर्ष पुग्न लागिन्। १६ वर्षकै उमेरमा बिहे गरेकी तिर्सनाको काखमा डेढ वर्षको बच्चा छ। झट्ट हेर्दा उनलाई आमा भनेर पत्याउन मुस्किल पर्छ।

बालविवाह गराउन खोज्ने काका पक्राउ

आफ्नै भतिजलाई बालिका विवाह गराउन खोज्ने काकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हुम्लाको चंखेली गाँउपालिका वडा १ दार्मा गाँउका सिंहबहादुर नेपालीलाई मुग प्रहरीले पक्राउ गरेको हो।

बालविवाह नरोकिँदा बढ्दै किशोरी आमा

गाउँगाउँमा बालविवाह व्यापक रूपमा भइरहँदा प्रहरीकोमा उजुरीसमेत पर्दैन। बालविवाह भइरहेको थाहा पाए पनि प्रहरीले त्यसविरुद्ध कुनै गतिविधि गर्दैन।

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

विद्यालय छाडी बालविवाह रोज्छन् किशोरी

केहि समय अगाडि रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका-१, पाङ टाईवाङस्थित सरस्वती माध्यमिक विद्यालय पाङ कक्षा ९ मा पढ्ने ४ जनाले र कक्षा १० मा पढ्ने ५ जनाले विवाह गरेका कारण स्कुल छाडेँ।

बालविवाहविरुद्ध धर्मगुरुहरू एकजुट

दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ। जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन्।

बालश्रम र बालविवाह मुक्त बनाउन माग

जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

बालविवाह बन्द गर्न

बालविवाह कानुनी रूपमा दण्डनीय र सामाजिक रूपमा नैतिक अपराध हो। बालविवाह तथा चाँडो हुने विवाह न्यूनीकरण तथा रोकथामका लागि सर्वप्रथम त अभिभावकहरूमा बालविवाह गर्न हुँदैन भन्ने चेतना विकास हुन जरुरी छ।

बालक्लव नै बालविवाहको माध्यम !

मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन्। उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्