coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

दाइजो प्रथा र बालविवाह न्यूनिकारणका लागि बारा प्रहरीले फेटामा शनिबार आयोजना गरेको सडक नाटकमा स्थानीय ।

बारा- सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

शनिबार फेटामा दाइजो प्रथा र बालविवाह न्यूनिकरण गर्ने उद्देश्यले सडक नाटक गर्नुका साथै समाजमा देखिएको बिकृतीको बारेमा समेत सहभागीहरुलाई जानकारी गराइएको छ।

बाराका प्रहरी उपरीक्षक विकास राज खनालले गाउँमा पुगेर बालविवाह र दाइजो प्रथा समाजिक अपधार भएको र यस कार्यमा सहभागी भएको पाइएमा कानुनी कारबाहीमा परिने कुराको सडक नाटकबाट स्थानीयहरुलाई जानकारी गराउँदा धेरै प्रवभाकारी भएको बताएका छन्।

प्रहरीले विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र धर्म गुरुहरुलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्दा सबैलाई दाइजो प्रथा र बालविवाह गर्नेलाई कानुनले नछोड्ने जानकारी दिँदै आएको उपरीक्षक खनालले बताए।

पहिला दाइजो माग्दा वा बालविवाह गर्दा सामाजले गरेका कार्यमा प्रहरी प्रशासनले हस्तक्षेप नगरे पनि अहिले त्यसो गर्नेले कारबाहीको भागिदारी बन्नु पर्ने जानकारी समेत स्थानीयहरुलाई गराउन गाउँ गाउँमा पुग्नु परेको बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेलले बताए।

 

प्रकाशित: ११ माघ २०७६ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App