१४ आश्विन २०८१ सोमबार
image/svg+xml

यातायात कर्मचारी मृत भेटिए

कालीकोटस्थित यातायात कर्मचारीका रुपमा काम गर्दै आएका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। खाडाँचक्र नगरपालिका–२, घर भइ हाल लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का मृत अवस्थामा भेटिएका हुन्।

फेरि कर्मचारीतन्त्र हावी हुने आशंका

सन् २०१४ यता नेपाल–भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक तहमा स्थापित भएको विश्वास गरिएका बेला औपचारिक रूपमै भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग भेटे गरेपछि फेरि कर्मचारीतन्त्र हावी हुने आशंका उत्पन्न भएको छ ।

प्रदेश १ ले अस्थायी कर्मचारी नियुक्त गर्ने

प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले प्रदेशमा अस्थायी कर्मचारी नियुक्ति गर्ने बाटो खुल्ला गरेको छ। शुक्रबार वेलुका बसेको मन्त्रीपरिषद्को बैठकले उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी कर्मचारी नियुक्तीका लागि राखेको प्रस्ताव स्वीकृत गरेसँगै अस्थायी कर्मचारी नियुक्त गर्ने बाटो खुलेको हो।

एक वर्ष नबित्दै ४ पटक सरुवा

उपराष्ट्रपति कर्यालयमा बिहीबार सरुवा गरिएका केदार न्यौपाने एक वर्ष नबित्दै ४ पटक सरुवा हुनेमा परेका हुन्। २०७६ माघ महिनामा उनी काठमाडौं महानगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका थिए।

जनप्रतिनिधि-कर्मचारीबीच समन्वय नहुँदा अस्तव्यस्त गाउँपालिका

स्थानीय तह अर्थात गाउँका सिंहदरबार। उनीहरुका काम जनपक्षीय छन्? संविधानको मर्म र भावनाअनुरुप छ? केहीले राम्रो काम गरेका पनि छन्। तर, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय नहुँदा कतिपयको अवस्थामा भने लथालिङ्ग छ।

निजामती सेवा दिवसः केही सवाल

निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ।

भेटिएन सर्वोत्कृष्ट कर्मचारी

हरेक वर्ष भदौ २२ गते निजामती दिवसको अवसर पारेर सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती कर्मचारी पुरस्कार घोषणा गर्ने गरेको थियो। तर सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाएन। विगत ४ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा गर्न छाडेको छ।

अबको विकल्पमा को ?

सत्ता र पदमा बसेको व्यक्ति राम्रो हुने, चर्चा पाउने र सफल बन्ने सबै उसको कामले हो, अन्य सबै विषय गौण हुन् । कुलमान आउँदा चर्चा विहिन थिए अहिले सर्वाधिक लोकप्रिय छन् । खतिवडा आउँदा चर्चामा थिए अहिले अधिकांसले छोडे हुन्थ्यो भन्नेमा छन् ।

मन्त्रिपरिषद् निर्णयलाई चुनौती

मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन्। गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममाबाहेक कुनै पनि तह र पदमा नयाँ कर्मचारी नियुक्त नगर्ने र दरबन्दी पनि नथप्ने निर्णय गरेको थियो।

काठमाडौंका स्थानीयबाट डाक्टर बसेको होस्टल घेराउ

शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए।

कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी

वीरेन्द्रनगर–१० पिपिराका ३४ वर्षीय बलबहादुर खत्रीले वीरेन्द्रनगरको चार लेन सडक सफाइ गर्दै आएका छन् । उनको मुखमा पुरानो माक्स छ । हातमा पन्जा छैन । सडक छेउ तथा नालामा गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र माक्स छन् ।

कर्मचारी कति कामकाजी ?

निजामती कर्मचारीले उत्साहपूर्ण काम गरेका उदाहरण शायदै पाइन्छ । मुलुकमा बेलाबेला आउने विपद्का घटनामा सुरक्षा निकायको भूमिका बरु प्रशंसनीय छ । २०७२ सालको महाभूकम्पका बेला ज्यानै जोखिममा राखेर सुरक्षाकर्मीले सर्वसाधारण नागरिकको उद्धार गरेका थिए ।

मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने

तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।

सुशासन समितिमा प्रश्न : करारमा कर्मचारी किन राख्ने ?

सांसदहरुले सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलका क्रममा सार्वजनिक निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्