१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धमाधम बन्द हुँदै कार्यालय

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं उपत्यकाका कार्यालय धमाधम बन्द हुन थालेका छन् । खुलेका कार्यालयमा पनि निकै कम संख्यामा कर्मचारी उपस्थित हुने गरेका छन् । उपत्यकाको टोखा र साँखुको मालपोत कार्यालय पूर्ण रूपमा बन्द गरिएको छ । ती कार्यालयको गेटमै ताल्चा लगाइएको भूमि व्यवस्थापन विभागले जनाएको छ । उपत्यकाका अन्य मालपोत कार्यालयमा पनि २÷३ जना मात्र कर्मचारी जाने गरेको विभागको भनाइ छ ।  

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि कोरोना छिरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक जना उपसचिव तहका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी गराए । कोरोना संक्रमण पुष्टि भएका कर्मचारी होम आइसोलेसनमा बसेको उनको भनाइ छ । मन्त्रालयका सबै कर्मचारीहरूको पिसिआएर परीक्षण गर्दा एक जना कर्मचारीमा पोजेटिभ देखिएको भट्टराईले जनाए । पुष्टि भएपछि प्रेस काउन्सिलको कार्यालय ४ दिन बन्द गरिएको थियो ।  आइतबारदेखि मात्र काउन्सिलको कार्यालय खुलेको छ । निषेधाज्ञापछि उपत्यकाका अधिकतर निजी क्षेत्रका कार्यालय पनि बन्द गरिएका छन् ।  

निषेधाज्ञा घोषणापछि स्वास्थ्य, सुरक्षाबाहेक अधिकतर सरकारी कार्यालयमा बढीमा १० देखि १५ प्रतिशत कर्मचारी कार्यालय आउने गरेको टे«ड युनियनका प्रतिनिधिको भनाइ छ । कोरोना महामारी बढ्दै गएपछि सरकारले अत्यावश्यकीय सेवाबाहेक नागरिक भिडभाड हुने सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: १० भाद्र २०७७ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App