१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने

तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कोरोना संक्रमणको त्रास कम गर्न तथा मान्छेमा हराउँदै गएको स्वास्थ्य सम्वेदनशिलतालाई पुर्नजागृत गर्न यस्तो निर्णयमा पुगेको जानकारी दिए ।  

‘हामीले बुधबारबाटै एक्सन थालि सकेका छौं,’ प्रजिअ निरौलाले भने । मास्क नलगाई हिड्नेलाई जनही सय रुपैंया जरीवाना सहित भौतिक दुरी कायम गरेर हिड्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय बारे जानकारी दिन ठाउँको ठाउँ उभ्याउने सहितका जन कारबाहीलाई प्रहरीले अघि बढाउने भएको छ ।

संक्रामक रोग निवारण ऐनले गरेको व्यवस्थालाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कार्यान्वष्नमा लगेको प्रजिअ निरौलाले बताए । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले मान्छेले आफ्नो सुरक्षाका लागि आफैं सजगता अपनाउनुपर्नेमा सुरक्षा सम्वेदनशिलतालाई कुल्चन थालेको भन्दै दुखेसो पोखे । उनले जरीवाना सहितको कारबाही अघि बढाउन मातहतका सबै प्रहरी इकाईलाई निर्देशन दिई सकिएको जानकारी दिए ।  

कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले अत्यावश्यक काम बाहेक कर्मचारीलाई बिदामा जान स्वीकृति नदिन सरकारी तथा गैर सरकारी निकायलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । अत्यावश्यक कामका लागि जिल्ला बाहिर गएका कर्मचारी बिदा सकिएर कार्यक्षेत्र फर्कनुपर्ने अवस्थामा समेत जिल्ला बाहिर गएका कर्मचारीले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

‘बढ्दो संक्रमण बिरुद्ध कडाइका साथ जाने गरी निर्णय भएको छ,’ कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले भने । प्रमुख जिल्ला अधिकारी निरौलाले अत्यावश्यक काम बाहेक सवारी पासमा कडाई गरिएको जानकारी दिए । ताप्लेजुङ प्रवेशको मुख्य मार्ग काबेलीमा रहेको हेल्थ डेक्सलाई थप कडाईका साथ जाँचपास गर्न निर्देशन दिई सकिएको समेत उनले जानकारी दिए ।

प्रकाशित: २१ श्रावण २०७७ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App