२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरीद्वारा हिरासतमै हत्या गरिएको भनी दलितले गरे इप्रका घेराउ

प्रहरी हिरासतमा रही बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको रौतहटको गरुडा नगरपालिका ८ जिंगडियाका १९ वर्षीय विजय राम चमारलाई प्रहरीले यातना दिएर हत्या गरेको आरोप लगाउँदै विहीवार इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

प्रदेश २: प्रहरीमा संक्रमणको बढ्दो ग्राफ

प्रदेश २ मा कोरोना संक्रमणको ग्राफ बढेसँगै संक्रमित हुने प्रहरीको संख्या पनि ह्वात्तै बढेको छ । यस प्रदेशमा संक्रमण हुने प्रहरीको संख्या १ सय २६ पुगेको छ ।

भारतको महाराष्ट्रमा मात्रै १३ हजार प्रहरी कोरोना संक्रमित, १३६ को मृत्यु

पछिल्लो २४ घण्टामा प्रहरीसमेत सबै गरेर महाराष्ट्रमा १४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने यस अवधिमा ३२६ संक्रमितको मृत्यु भएको छ ।

४९ एसपी सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी महानिरीक्षकको निर्णयानुसार एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन प्रस्ताव

वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री जमरकट्टेल भन्छन्– संघीय सरकारले संविधानविपरीत काम गरे कानुनी उपचार खोज्छौं ।

इलाम सशस्त्रमा यसरी फैलियो कोरोना

इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ गणको ठूलो संख्याका सुरक्षाकर्मीमा कोरोना फैलिएपछि जिल्लाभर संक्रमणको त्रास फैलिएको छ। जिल्लामा संक्रमण पुष्टि भएका कुल ७६ जनामध्ये ४६ चाहिँ डिएसपीसहितका सशस्त्र प्रहरी नै छन्।

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रणमा लिएकाे छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सशस्त्रका ४६ जनामा कोरोना पुष्टि

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ।

प्रहरी कार्यालयमा थप सावधानी अपनाइँदै

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ।

प्रहरी हुँ भन्दै होटल र गेस्ट हाउसमा ठगी गर्ने २ पक्राउ

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार त्यस्तो काम गर्ने घोराही उपमहानगरपालिका–९, कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको हो ।

सीमामा तस्करले गरे प्रहरीमाथि आक्रमण

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीको क्षेत्रमा पछिल्लो केही सातादेखि तस्कर र प्रहरीबीच भीडन्त भइरहेको छ। शनिबार राति विराटनगरको सुँडी बस्तीमा तस्करले प्रहरीमाथि आक्रमण गर्दा गाडीको सिसा फुटेको छ।

ट्राफिक मुख्यालय सिल, प्रमुखसहित तीन सय बढी प्रहरी क्वारेन्टिनमा

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो।

सशस्त्र प्रहरी गणमा फैलिँदै कोरोना

सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप ५ जनामा शुक्रबार (आज) कोरोना पुष्टि भएको छ ।

काँकरभिट्टा नाकामा कार्यरत १२ सशस्त्र प्रहरीमा कोरोना

पूर्वी नाका काँकरभिट्टामा कार्यरत थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ। यस अघि २० जना शसस्त्र प्रहरीमै संक्रमण देखिएको थियो। अहिले उनीहरु उपचारमा छन्।

प्रहरीमाथि आक्रमण हुँदा तीन जना प्रहरी घाइते

मोरङको बुढीगंगा गाउँपालिकामा बिहीबार राति गाउँलेको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। लागुऔषध कारोबारसम्बन्धी सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीमाथि कारोबारी र गाउँले मिलेर प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्