coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी हुँ भन्दै होटल र गेस्ट हाउसमा ठगी गर्ने २ पक्राउ

प्रतिकात्मक तस्बिर

दाङ जिल्ला प्रहरी कार्यालयले आफूलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै होटल सञ्चालकलाई ठगी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार त्यस्तो काम गर्ने घोराही उपमहानगरपालिका–९, कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको हो ।  

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यु होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याउने गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।  

यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेस्ट  हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले उनलाई पक्राउ गरिएको हो । 

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: १९ श्रावण २०७७ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App