७ वैशाख २०८१ शुक्रबार
समाज

काँकरभिट्टा नाकामा कार्यरत १२ सशस्त्र प्रहरीमा कोरोना

पूर्वी नाका काँकरभिट्टामा कार्यरत थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ। यस अघि २० जना शसस्त्र प्रहरीमै संक्रमण देखिएको थियो। अहिले उनीहरु उपचारमा छन्।  

गत साउन ११ गते कन्ट्रयाक ट्रेसिङमा ३२ जनाको नमूना संकलन गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले जानकारी दिइन्।

साउन ११ गते नै काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको समुदायका ८५ जना मानिसको स्वाब नमूनाको रिपोर्ट नेगेटिभ आएको छ। औषधी तथा फलफूल व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारी, पत्रकारलगायतबाट स्वाब नमूना संकलन गरिएको थियो।

राईका अनुसार सेना, नेपाल प्रहरीमा भने संक्रमण देखिएको छैन। तर ठूलो संख्यामा सशस्त्र प्रहरीमा भने संक्रमण देखिएको छ।

 

प्रकाशित: १६ श्रावण २०७७ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App