coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्र प्रहरी गणमा फैलिँदै कोरोना

डिएसपीसहित १० जनामा पोजिटिभ

सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप ५ जनामा शुक्रबार (आज) कोरोना पुष्टि भएको छ ।  

विराटनगरस्थित प्रदेश प्रयोगशालामा गत ११ गते ३२ जनाको स्वाब नमुना पठाइएकामा ५ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीको यही गणमा कार्यरत डिएसपीसहित अन्य दर्जाका ५ जनामा गत ९ गते कोरोना पुष्टि भएको थियो । 

गणमै आएर झापाको बिर्तामोड गएका सशस्त्र प्रहरी इन्स्पेक्टर र यहींबाट झापाको पाडाजुगीस्थित सशस्त्र प्रहरी तालिम केन्द्र गएका ३ जनामा बिहीबार कोरोना पुष्टि भएको थियो । गणका एसपी सुधीरजंग थापाले शुक्रबार कोरोना पुष्टि भएका पाँचैजनामा लक्षण भने नदेखिएको बताए । ‘पुष्टि भएकाहरूमा लक्षण देखिएको छैन,’ उनले भने, ‘सबैलाई आइसोलेसन लगिसकिएको छ ।’

गणमा कार्यरत अन्य ४० जनाको स्वाब नमुना संकलन गरी पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षणका लागि पठाइएको छ । गणका डिएसपी विश्व खड्काले नमुना पठाइएकामध्ये ३ जनालाई ज्वरो आइरहेको बताए । ‘नमुना पठाएपनि रिपोर्ट आउन बाँकी जवानहरूलाई हामीले छुट्टै राखेका छौं,’ उनले भने, ‘यहाँ कोरोना पोजिटिभ देखिएका दशैजना यसअघि झापामा ड्युटी गरेर आएको टोलीमा थिएनन्, झापाको ड्युटीबाट फर्किएका ३२ जना सबैको पिसिआर रिपोर्ट भने नेगेटिभ आइसकेको छ ।’  

शुक्रबार कोरोना पुष्टि भएकामध्ये २ जना इलाम सदरमुकामकै क्वारेन्टिन ड्युटीमा खटेका थिए । संक्रमित पुष्टि भएका डिएसपीसँग भेट गरी झापा पुगेका इस्पेक्टर र बाँकी ३ जनामा समेत कोरोना पुष्टि भएपछि आफूहरूले गणमा कोरोनाबाट जोखिने उपायबारे सचेतना अपनाएको डिएसपी खड्काले बताए । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ४० पुगेको छ । यसअघि जनपद प्रहरी र इलाम नगरपालिकाका कर्मचारीसहित विदेशबाट आएर क्वारेन्टिनमा बसेको व्यक्तिहरूमा कोरोनो संक्रमण देखिएको थियो ।

प्रकाशित: १६ श्रावण २०७७ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App