१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्रका ४६ जनामा कोरोना पुष्टि

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ।  

गत १८ गते सशस्त्र प्रहरीका ३८ सहित स्थानीय टोलका ६० जनाको स्वाब नमुना पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले बताए । संक्रमण पुष्टि भएका सबैलाई विराटनगरस्थित कोभिड अस्पताल लैजाने तयारी हुँदैगरेको बरालको भनाइ छ ।  

योसँगै इलाममा कोरोना संक्रमितको कुल संख्या ७६ पुगेको छ । भारतीय सीमा क्षेत्र र क्वारेन्टाइनमा खटेका सशस्त्र प्रहरीमा धमाधम कोरोना पोजिटिभ देखिइरहेको छ । जोखिम बढेपछि सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ यसअघि नै सिल गरिएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App