१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

विभिन्न देश हिँडेका झण्डै आठ हजार नागरिक ट्रान्जिटमा : कतार

मध्येपूर्वमा चलेको तनावका कारण हवाइ उडान प्रभावित हुँदा विभिन्न देश जान लागेका ८ हजार नागरिक ट्रान्जिटमा रहेका कतारले जनाएको हो।

सर्लाहीमा बेहोस भएर ढलेका मतदान अधिकृतको मृत्यु

सर्लाही क्षेत्र नम्बर-२ को पर्सा गाउँपालिका वडा नम्बर-४ जिङ्गडवामा स्थित आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो।

भारतीय एयरलाइन्सले फेरि मध्यपूर्वमा उडान भर्ने

भारतीय एयरलाइन्सले मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सेवाहरू पुनः सुरु गर्ने जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सधैंको चुनावी मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमास्थल बन्नुअघि विमानस्थल बनाउन पहल गर्ने भनेर दलहरुले मतदातासँग मत मागेका थिए भने अहिले संचालनमा आएपछि नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल गर्ने भनेर मतदाता रिझाउने प्रयास गरिरहेका छन। अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको मुद्दालाई अहिले चुनावी नारामा प्रयोग गर्ने गरिएको छ।

नेपालको पहिलो आमनिर्वाचनबारे अनुपमको पुस्तक सार्वजनिक

नेपालमा पहिलो पटक भएको आम निर्वाचनबारे पत्रकार विराट अनुपमको पुस्तक प्रकासित भएको छ।

काठमाडौंमा बाक्लो तुँवालो : मौसम धुम्म

काठमाडौंमा बाक्लो तुँवालो लागेकाले पनि मौसम धुम्म भएको हो। पानी पर्ने सम्भावना अहिलेलाई देखिँदैन। यो बादलको प्रभाव अझै एकदुई घण्टा देखिनेछ।

कर्णालीका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीका ९४१ वटै मतदानस्थलमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।

उपत्यकाका अस्पतालमा घट्यो बिरामीको चाप

प्रतिनिधि सभाको निर्वाचन नजिकंदै जाँदा विरामीको चाप घटेको उपत्यकाका अस्पतालहरुले जनाएका छन।

चुनावअघिको अन्तिम कारोबार: नेप्से ३८ अंकले बढ्यो, ६ अर्बमाथिको सेयर किनबेच

प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ।

व्यावसायिक उडानमा पाकिस्तानले आफ्नो हवाई मार्ग एक महिना आंशिक बन्द गर्ने

पाकिस्तानको विमानस्थल कार्यालयले मध्येपुर्वमा देखिएको तनावका कारण मार्च महिनाभरी आफ्नो हवाई मार्गलाई व्यावसायिक उडानहरूको लागि आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको हो।

वीरगञ्ज नाकाबाट पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ।

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्