२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छुट्लान् त काँग्रेस नेता खाँण !

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा आज सुनुवाइ भइरहेको छ। न्यायाधीश कृष्णराज कोइरालाको इजलासमा खाँणलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने भन्ने निक्र्यौल हुनेछ।

खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने वा उनलाई थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बिचमा राय बाझिएको थियो। दुई जना न्यायाधीशबिच मात्रै राय बाझिँदा बराबर भएकाले अर्को इजलासमा पठाउने आदेश भएको थियो। रायबाझीका कारण तेस्रो इजलासमा प्रतिवेदन पेश गरिएको हो।

मंसिर १५ मा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा १९ जनाको विषयमा एकमत राय भएको थियो भने एक जना खाँणको विषयमा मात्रै राय बाझिएको थियो।

उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो।

बालकृष्ण खाँडको ३० लाख धरौटी मागेर छोड्नुपर्ने न्यायाधीश जनक पाण्डेको आदेश छ। उनी कानुन व्यवसायीको तर्फबाट सिधै उच्च अदालतमा नियुक्ति भएका न्यायाधीश हुन्। इजलासका अर्का न्यायाधीश प्रकाश खरेलले पूर्व मन्त्री खाँणलाई थुनामै राख्ने आदेश गरेका थिए। जिल्ला न्यायाधीशबाट उच्च अदालतमा गएका उनी ‘क्याडर न्यायाधीश’ हुन्।

प्रकाशित: २८ मंसिर २०८० ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App