१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

यस कारण चुइक्क बोल्दैनन् देउवा!

मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा  चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।  

एनसेएल काण्ड, सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, दुई युवाको मृत्यु भएको घटनालगायतले ठुलठुला काण्डमा विपक्षी दलका नेताहरूले मात्रै होइन सत्तारुढ दलका नेताहरूले पनि विभिन्न पटक मुख खोलेर चर्को आलोचना गर्दा देउवा किन चुइँक बोल्दैनन् भन्ने प्रश्नमा पाठकले यस्तो जवाफ दिएका हुन।  

‘सबै  काण्डमा आफ्नो नाम जोडिन्छ अनि किन बोल्नु नि,’ सामाजिक सञ्जालमा टिकाराम गौतमले लेखेका छन्। त्यस्तै अर्का पाठक नवीन न्यौपाने पनि  सबै काण्डमा देउवा र उनको परिवारको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको कारण मौन रहेको टिप्पणी  गरेका छन्। ‘सबै काण्डमा देउवा परिवार र पार्टीको संलग्नता छ,’  न्यौपाने लेख्छन्, ‘अनि कसरी बोलुन् विचरा ?’

त्यस्तै अर्का एक पाठकले अहिलेको सरकारको पालामा चुप लागेर बसे आफ्नो पालमा पनि अरू चुप लाग्ने  विश्वासका साथ देउवा चुइँक पनि नबोलेको टिप्पणी गरे। ‘आफ्नो पालामा पनि अरूहरू चुप लागोस् भनेर,’  हेम रञ्जित लेख्छन्, ‘ देउवा बाठो छैनन् र ?’  

अर्का एक पाठकले त बढी बोले थुनामा जानु पर्ने कारण पनि चुप लागेको हुनसक्ने अनुमान गरेका छन् । ‘अनि आफैले आफैलाई थुनाउनु,’ राजेन्द्रजंग थापाले लेखेका छन्।

यस्ता छन् केही प्रतिक्रिया..

हेम रन्जित

आफ्नो पालामा पनि अरु हरु चुप लागाेस भनेर नबाेलेकाे बाठाे छेैन र ?

नविन आर न्यौपाने

सबै काण्डमा देउवा परिवार र पार्टीको संलग्नता छ अनि कसरी बोलुन बिचरा

राजेन्द्र जंग थापा

अनी आफैले आफैलाई थुनाउनु?

प्रमिला अधिकारी

बोल्यो कि पोल्यो हुन्छ, अनि के वोल्नु त वरा….

प्रकाशित: १९ पुस २०८० ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App