३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेन्द्रलक्षित एमाले महासचिवको कटाक्ष : देश चलाउँछु भन्नेले प्रश्नसँग भाग्नु हुँदैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सार्वजनिक बहसमा जान्न भन्नु लोकतान्त्रिक चरित्र नभएको बताएका छन्। 

राज्यको नेतृत्वमा दाबी गर्नेहरूले प्रश्न र संवादबाट भाग्न नपाउने तर्क उनको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीका दाबेदार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका बालेन्द्र शाहबिच सार्वजनिक बहस हुनुपर्ने आवाज उठिरहेको छ।

यसमा अध्यक्ष ओली सहमत भए पनि शाह तयार देखिएका छैनन्। उता सभापति थापा भने मौन छन्।

महासचिव पोखरेल लेखेका छन्, ‘लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोट हो। नीति-संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा सही होइन।’

उनले अगाडि लेखेका छन्, ‘राज्यको नेतृत्वको दाबी गर्नेहरूले त झन् प्रश्न र संवादबाट भाग्न पाउँदैनन्। त्यसमाथि भाद्र २३ र २४ मा भएको उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझै हानिकारक छ। प्रतिसोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन-हुनै सक्दैन।’

प्रकाशित: १२ माघ २०८२ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App