१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

पार्टीमा दाहाल र नेपालको हालीमुहाली छ: झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संयोजक र सहसंयोजकले पार्टी सञ्चालनमा एकलौटी गरेको आरोप लगाएका छन्। निर्माणको क्रममा रहेको पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको एकलौटी निर्णयका कारण भताभुंग बनेको उनको भनाइ थियो ।  

नागरिकसँगको कुराकानीमा नेता खनालले निर्माणको क्रममा रहेको पार्टीमा अहिलेबाटै कारबाहीको क्रम सुरु हुनु चिन्ताजनक रहेको बताए । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोटमा आफूसहित अन्य नेताहरुसँग संयोजक र सहसंयोजकले परामर्श नगरेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले बामदेव गौतम, प्रकाश ज्वाला, हरिबोल गजुरेलजस्ता सम्भावना बोकेका नेताहरुलाई टिकट नदिनु दुखद् भएको टिप्पणी गरे ।

भदौं २४ मा भएको ध्वांसात्मक आन्दोलनका दोषीलाई कारबाही, लुटिएका सम्पूर्ण हतियार र भागेका सबै कैदीबन्दीलाई फिर्ता नल्याएसम्म निर्वाचन भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न हुन्छ भन्ने यकिन गर्न नसकिने उनको तर्क थियो ।  

प्रकाशित: १२ माघ २०८२ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App