१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।

दिउँसो पौने ४ बजेतिर सुरु भएको आगलागी केही समयको प्रयासमै निभाइएको हो।

ललितपुर प्रहरी परिसरका प्रमुख, एसएसपी होविन्द्र बोगटीले घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए। आगो नियन्त्रणमा आएसँगै अहिले यातायात सञ्चालन सहज भएको छ।

प्रहरीले आगलागिबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App