१ वैशाख २०८२ सोमबार
image/svg+xml १:२ पूर्वाह्न
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले थुनामुक्त हुनु पर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि गरेको हो ।  

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदरको माग गर्दै झाले बिहीबारमात्रै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको भन्दै ठगी गरेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् । 

जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालतले गत पुस १ गते उनलाई थुनामा पठाएको थियो । झासँगै प्रतीक थापालाई पनि उच्चले थुनामा नै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन् ।  

सोही मुद्दामा पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझी तथा निलम्बित सचिव टेकनारायण पाण्डेसमेत प्रतिवादी छन् ।

प्रकाशित: ५ पुस २०८१ १४:५८ शुक्रबार

खुशी 25 %
दुखी 25 %
अचम्मित 0 %
हास्यास्पद 50 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App