७ आश्विन २०८१ सोमबार
image/svg+xml

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

जिल्लाको सबैभन्दा ठुलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने भएको छ।

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन

अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्।

छैन मतदाता शिक्षा: बदर मत बढ्ने खतरा

सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ।

कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

पोखरामा भोलि गठबन्धनको चुनावी सभा

सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गर्न लागेको हो। यसअघि नेपाली कांग्रेसले एकल रुपमा चुनावी सभा गर्ने तयारी गरेको थियो।

समाजवादीलाई गठबन्धनको भर, एमालेलाई गुटको डर

सत्तारुढ गठबन्धनले कास्कीका बहुमत पालिका जित्ने दाबी गरेको छ। कास्कीका ५ पालिका मध्ये बहुमत पालिकामा गठबन्धन बिजयी हुने गठबन्धनको दावि छ। एमालेसँग छुट्टिएपछिको एकीकृत समाजवादीले एमालेको भोट कति संख्यामा काट्छ भन्नेले एमालेको हार र जित के हुन्छ भन्ने निर्धारण गर्छ।

ओलीको सरकार गएपछि जनताले मुक्ति पाएः देउवा

नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए।

झापामा कतै कांग्रेस–एमाले मिले, कहीं राप्रपासित गठबन्धन

पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक् चुनावी गठबन्धनका कारण चर्चामा छन्।

मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई इमानदारपूर्वक पालना गर्न आग्रह गरेका छन्।

महालक्ष्मी नगरमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा

नगरपालिका मेयर पदमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी (केन्द्र)बीच तालमेल छ भने एकीकृत (समाजवादी)ले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच नै सहमती नहुँदा एकीकृत समाजवादीले मेयरमा छुट्टै उम्मेदवारी दिएको हो।

गठबन्धनभित्र ‘खेल्दै’ विपक्षी दलहरु

सत्तारुढ गठबन्धनविरुद्ध एकल रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले चुनावी प्रचारका क्रममा आफ्नो चुनावी घोषणा पत्रलाई प्राथमिकतामा राखेको छैन।

बुटवलमा गठबन्धनद्वारा संकल्प पत्र सार्वजनिक

पाँचदलीय गठबन्धनले बुटवल उपमहानगरपालिकाको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ।

गठबन्धनको असरः बागलुङमा बागीको रौनक

बागलुङमा पाँच दलीय गठबन्धन बनेपनि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र काँग्रेस एकै ठाउँमा छन। गठबन्धन र तालमेलले सहज नतिजा आउने ठाउँहरुमा परेका बागी उम्मेदवारीले निर्वाचनलाई रोचक बनाउने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्