५ आश्विन २०८१ शनिबार
image/svg+xml

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ: उम्मेदवार नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्।

उम्मेदवारले खर्च विवरण बुझाउन थाले

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन्।

कैलाली– १ मा रञ्जिताले बढाइन् मतान्तर

प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छिन्।

स्थापित नेतालाई चुनौती बन्दै नयाँ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार लड्दा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई मुख्य राजनीतिक दलहरूले आफ्नो प्रतिस्पर्धी ठानेका थिएनन्।

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’

भक्तपुर २ मा महेश बस्नेतले थाम्ला विरासत?

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।

भक्तपुर १ 'क' मा काँग्रेस र एमालेलाई स्वतन्त्रको डर

स्वतन्त्र उम्मेदवार कासिछ्वाले आफूले कुनै हालतमा उम्मेदवारी निष्क्रिय नपार्ने स्पष्ट पारे। साथै कुनै हालतमा पनि कुनै दललाई समर्थन नगर्ने दावी गरे। म जित्नको लागि उम्मेदवार बनेको हुँं, उनले भने, त्यसकारण मेरो प्रतिस्पर्धी पनि मै मात्रै हुँं, कोही पनि होइन।

म मा लोभ लालच छैन, मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ: महेश बस्नेत

'राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन। म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिबद्धतालाई शतप्रतिशत पूरा गर्नेछु।'

गोरखामा एमाले उम्मेदवार अब्दुसको टीममाथि आक्रमण

अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको थियो। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ भने एमालेका केही नेता गम्भीर घाइते भएका छन्।

गैंडा जोगाएका उम्मेदवार

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका राजनीतिक दलका नेताहरू मतदातासामु जाँदै गर्दा धेरैखाले सपना बाँड्न व्यस्त छन्।

स्थापित उम्मेदवारमाथि नयाँ हाबी

चर्चाका हिसाबले तोसिमा बहालवाला मन्त्री भुसाल र एमाले उम्मेदवार खड्कामाथि पनि हाबी भइरहेकी छन्। तथापि त्यस क्षेत्रमा सत्ता गठबन्धनको उपस्थिति, उम्मेदवारी दिएका व्यक्ति स्थानीय वा बाहिरिया भन्ने पेचिलो विषय, नयाँ दल र उम्मेदवारप्रतिको आकर्षण तथा उम्मेदवारले उठाएका एजेन्डाका कारण निर्वाचन परिणाममा को हाबी हुन्छ भनेर पूर्वानुमान गरिहाल्ने अवस्था देखिँदैन।

‘मत बहिष्कार’ गर्ने धम्कीः दल र उम्मेदवारसँग मिटरब्याज पीडित सशंकित

‘निर्वाचन आउँदा हामी उत्साहित थियौं। हाम्रा समस्या निर्वाचनकै मुखमा उम्मेदवारसमक्ष राखेर त्यसको समाधानका लागि प्रतिबद्धता लिने हाम्रो योजना थियो,’ मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘तर उम्मेदवार नै सुदखोरले घेरिएका पाइए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्