coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

काँग्रेसका नेता विजयकुमार गच्छदार इटहरीमा चुनाबी सभालाई सम्बोधन गर्दै। तस्बिरः नागरिक

नेपाली काँग्रेसको नेतृत्वको गठबन्धनबाट सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा प्रकरणमा फसाइएको दावी गरेका छन्। उनले आफूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै जर्वरजस्ती फसाएको दावी गरेका हुन्।  

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’  

बुधबार मात्र एमाले अध्यक्ष ओली गच्छदारको गृह नगर दुहवीमा एमालेले आयोजना गरेको चुनाबी सभामा  बेठीक गर्ने बेलामा गर्ने अनि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने? भनी व्यङ्ग्य गरेका थिए। उनले आफू मुद्दा लगाउने कुनै पनि ठाउँ न प्रहरी, न सरकारी वकिल कार्यालय वा अन्य कुनै निकायमा नभएको बताएका थिए।

 नेता गच्छदारले भने, ‘जहिले चुनाब जित्ने, कहिले नहार्ने भएकाले गर्दा ममाथि योजना बनाएर केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लगाएर फसाएका हुन्।’ उनले आँफू जनतासमक्ष न्याय माग्न आएको बताए।

‘अदालतभन्दा शक्तिशाली सार्वभौम जनता भएकाले गर्दा जनता जनार्दन समक्ष आएको हुँ,’ उनले भने, ‘जनताको जनअदालतबाट न्याय पाउनेछु।’

नेता गच्छदारले अहिलेको गठबन्धन राजनीतिक स्थायीत्वका निम्ति बनेको बताउँदै अब कम्तीमा दस वर्ष यही गठबन्धन रहनुपर्ने बताए। ‘देशको राजनीति अलमलिएको छ। देशमा राजनीतिक स्थीरताका निम्ति अझै दस वर्ष गठबन्धन आवश्यक छ,’ उनले भने।  

आगामी ४ मंसिरमा हुने निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट सत्ता गठबन्धनको तर्फबाट गच्छदार चुनावी मैदानमा छन्। उनको प्रतिस्पर्धा एमाले–जसपा गठबन्धनबाट एमालेकी भगवती चौधरीसँग हुँदैछ। गच्छदार र चौधरीबीचको यो प्रतिस्पर्धा तेस्रोपटक हुन लागेको हो।  

बिजय काँग्रेसमा छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भएका थिए। उनी २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नं. ३ बाटै, २०७० र २०७४  सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। नेता बिजयले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।

प्रकाशित: १ मंसिर २०७९ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App