७ वैशाख २०८१ शुक्रबार
राजनीति

भक्तपुर २ मा महेश बस्नेतले थाम्ला विरासत?

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं २ मा एमालेका युवा नेता महेश बस्नेत बाम गठबन्धनकातर्फबाट उम्मेदवार भइ विजयी भए।

नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई पराजित गरी बस्नेत विजयी भएका थिए। त्यो बेला बाम गठबन्धनकातर्फबाट उठेको बस्नेतले ३६ हजार चार सय १२ मतका साथ विजयी भए भने कांग्रेस नेता ढुंगाना १८ हजार ६ सय ८७ मतमा सिमित भए।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।

स्थानीय निकायको निर्वाचणको मत परिणाम अनुसार कांग्रेसले सवैभन्दा बढी मत प्राप्त गरयो यो क्षेत्रमा। एमाले र कांग्रेसले स्थानीय निकायमा पाएको कुल मत जोडदा कांग्रेस दुई हजार पाँंच सय ३७ वढी मतले अगाडि रहयो। भक्तपुर क्षेत्र नं २ मा मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्दछ।

यीमध्ये मध्यपुर थिमि नगरपालिका कांग्रेसको गढ हो। यहाँं निरन्तर कांग्रेसले जित निकाल्दै आएको छ। पछिल्लो पटकको स्थानीय निकायको निर्वाचनमा पनि यो नगरपालिकामा काग्रेसले मेयर जितेको थियो। कांग्रेसले १५ हजार ९८ मत ल्याएर मेयर विजयी भएको थियो। त्यो बेला एमालेले मध्यपुर थिमिको मेयरमा ११ हजार ३५ मात्रै मत पाएको थियो। उता सूर्यविनायकमा भने एमालले मेयर जितेको थियो। एमाले मेयरले १४ हजार सात सय ५८ पाई विजयी भएको थियो भने कांग्रेस मेयरले  

यसरी दुवै नगरपालिका अर्थात् भक्तपुर क्षेत्र नं २ मा कांग्रेस र एमालेले ल्याएको कुल मतको आधारमा कांग्रेस दुई हजार पाँंच सय ३७ मतले अगाडि छ। यद्यपि एमाले नेता बस्नेत २०७४ सालमा यति मत ल्याएर विजयी भएको भन्दै हिडेका छन् भने कांग्रेस उम्मेदवार पनि भर्खरै भएको स्थानीय निकायको निर्वाचण परिणाम अनुसार आफू जित्नेमा ढुक्कमा छन्। आफ्ना एउटै पार्टीको मत नै दई हजार पाँंच सय ३७ बढी भएकोमा गठबन्धनका माओवादी र नेकपा एसको जोड्दा ६ हजार पाँंच सय बढी मतले जित्ने कांग्रेसको दाबी छ।

यी दुई नगरपालिकामध्ये मध्यपुर थिमिमा नौ वटा र सूर्यविनायकमा १० वटा गरी कुल १९ वटा वडाहरु छन्। यीमध्ये सबैभन्दा बढी कांग्रेसले ११ वटा वडा, एमालले सात वटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एउटा वडामा वडा अध्यक्ष विजयी भएको थियो। यसरी यो वडामा कांग्रेस र एमालेबीच नै कडा टक्कर हुने देखिन्छ। तेश्रो शक्तिको रुपमा भने यो क्षेत्रमा नेमकिपा रहेको छ।

उक्त पार्टीका उम्मेदवार अनुराधा थापामगर अहिले ठूला दलहरु जसरी पनि जित्नकै लागि सिद्धान्तलाई तिलाञ्जली दिएर अपवित्र गठबन्धन गरी आएको तर आफूहरु निष्ठाको राजनीतिमा रहेको भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छिन्। बहुदल पुनस्थापनापछि यो क्षेत्रमा कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएको छ। त्यस अनुसार २०४८ कांग्रेसका जगनाथ आचार्य विजयी भएका थिए।

त्यसपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला निर्वाचित भए। यसपछि २०५६ सालमा पुन कांग्रेसका लेखनाथ न्यौपाने विजयी भए। यसपछि फेरि २०६४ सालमा नेमकिपाका सुनील प्रजापति निर्वाचित भए। त्यपसछि फेरि २०७० सालमा कांग्रेसका रामेश्वर ढुंगेल विजयी भए। २०७४ मा भने एमालेका बस्नेत विजयी भएका थिए।

यसरी यो क्षेत्रमा कांग्रेस, एमाले, नेमकिपासहित राप्रपाका मोहन केसी, जनता समाजवादी पार्टी दिलबहादुर तामांग, नेपाल विवेकशिल पार्टीका शशीविक्रम कार्की गरी कुल २६ जना उम्मेदवार मैदानमा छन्। जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाए अनुसार यहाँंको कुल मतदाता ९१ हजार ९ सय ११ छन्। यहाँं एक सय ७ मतदान केन्द्र छन्।

प्रकाशित: ३० कार्तिक २०७९ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App