१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलाली– १ मा रञ्जिताले बढाइन् मतान्तर

प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छिन्। यसअघि २ हजार ३१९ रहेको मतान्तर १५ हजार ७२४ मत गणना हुँदा २ हजार ५२७ पुगेको छ।  

सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले ८ हजार २३६ मत पाएकी छिन् भने गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले ४ हजार ५२५ मतले पछ्याईरहेका छन्।  

त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८, राप्रपाका लोकेन्द्र कुँवरले ९३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद ढुंगानाले ४६८ मत प्राप्त गरेका छन्।  

यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो।

प्रकाशित: ६ मंसिर २०७९ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App