२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अब इलाममै डाइलाइसिस सेवा

एकपछि अर्काे महत्वपूर्ण स्वास्थ्य उपकरण थपिरहेको इलाम अस्पतालमा बिरामीले अब डाइलाइसिस सेवासमेत पाउने भएका छन्। कतिपयलाई सातामै २ पटकसम्म आवश्यक पर्ने मृगौलाको डाइलाइसिस सेवा लिन यहाँका बिरामी झापा, विराटनगर, धरानलगायत सहरमा धाउनुपर्ने बाध्यता थियो।

विस्तारित अस्पताल सेवा कार्यविधि: नियमित सेवामा अस्पतालले २०० प्रतिशतसम्म थप शुल्क लिन पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्‍याउनको लागि जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३१ को उपदफा (१०) र (२) र दफा ६४ अनुसार नयाँ कार्यविधि जारी गरेको हो।

निजी अस्पतालमा आठ मिनेटको ८ सय शुल्क

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबारदेखि लागु हुनेगरी निजी अस्पतालमा लाग्ने बिरामी परामर्श शुल्क घोषणा तोकेका छन् । संघले विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र तहअनुसार ३ सय ७० देखि ८ सय २५ रुपैंया शुल्क तालिका घोषणा गरेका हुन् ।

कोसी अस्पतालले फिर्ता पायो जग्गा

६१ वर्षदेखि नेपाल क्षयरोग निवारण संस्थाले उपभोग गर्दै आएको सरकारी जग्गा फिर्ता भएको छ। संस्थाले कोसी अस्पतालका नाममा रहेको जग्गालाई आफ्नो भन्दै स्थायी संरचना बनाएर उपभोग गर्दै आएको थियो। प्रादेशिक अस्पतालका रूपमा रहेको कोसी अस्पताललाई स्तरोन्नती गर्ने योजना अनुरूप जग्गा खोजी गर्दा क्षयरोग निवारण संस्थाले प्रयोग गर्दै आएको भेटिएको हो।

ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण

रौतहटको एउटा स्थानीय तहले ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने परोहा नगरपालिकाले सहरी विकास मन्त्रालयको सहयोगमा ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेको हो ।

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेले लगाए पहिलो खोप

कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गरे।

कलैया अस्पतालका स्वास्थ्यकर्मी पाँच दिनदेखि आन्दोलनमा

जिल्ला अस्पताल कलैयाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू जोखिम भत्ताको माग गर्दै पाँच दिनदेखि आन्दोलनमा रहेका छन्। कोरोना महामारीको समयमा खटिएको बेलाको जोखिम भत्ता नदिइएको भन्दै उनीहरू मंगलबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प गरेर आन्दोलन गर्दै आएका छन्।

विरामीलाई फलफूल वितरण

बराहताल गाउँपालिका–६ स्थित इखेनी बस्तीबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम शनिबार लोपोन्मुख राउटे समुदायलाई न्यानो कपडा वितरण गरेर सम्पन्न गरिने छ ।

जोखिम भत्ता नदिएको भन्दै कलैया अस्पतालका कर्मचारी आन्दोलित

जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालका कर्मचारीहरु मंगलबारदेखि आन्दोलित भएका छन्। कोरोना महामारीमा खटेको जोखिम भत्ता नदिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुको आन्दोलनको कारण कारण अस्पतालको आकस्मिक बाहेकका बसै सेवाहरु ठप्प बनेको छ।

मोडेलमा पिसाव थैलीको दुर्लभ शल्यक्रिया

मोडेल अस्पतालका चिकित्सकहरुले १४ वर्षीय किशोरीको आन्द्राको जटिल शल्यक्रिया गरी नयाँ जीवन दिएका छन्। तेह्रथुमकी गंगा बास्कोटाको जन्मजात भएको पिसाव थैलीको शल्यक्रिया गरी कृत्रिम थैली तथा नली बनाएपछि उनको पिसाव चुहिने समस्या रोकिएको हो। शल्यक्रियापछि गंगाले नयाँ जीवन पाएकी छन्।

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो।

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

बिरामीलाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजनका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।

‘कोरोनालाई खेलाँची नठानौँ’

‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौँ, तपाईहरु यो संक्रमणबाट बच्नुस।’

पित्तथैलीको पत्थरी समस्याबाट पीडितका लागि ईवामुराको अफर

भक्तपुरको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित प्याकेज ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्