coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पित्तथैलीको पत्थरी समस्याबाट पीडितका लागि ईवामुराको अफर

भक्तपुरको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित प्याकेज ल्याएको छ।  

सेवाग्राहीको अनुरोधमा सहुलियतपूर्ण शुल्कमा प्याकेज ल्याएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराए। अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने व्यवस्था त्यहाँं रहेको छ। प्याकेज १५ पुस २०७७ सम्मका लागि मात्र उपलब्ध भएको जनाइएको छ। यसो हुँदा समयमा नै आफ्नो समस्याको पहिचान गरी रोगमुक्त हुनसक्ने अस्पतालले भनेको छ। साथै निःशुल्क परामर्शका लागि फोेन गरी आफ्नो नाम टिपाउन सक्ने जनाएको छ।  

दुर्बिन प्रबिधिमार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसनपछि कम दुखाइ, घाउहरु चाडै निको हुने, दाग पनि सानो हुने र चाडै घर जान सकिने जनाइएको छ।

चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने, पेटको दायाँ कोखा वा पेटको बीचमा दुख्ने, दायाँ काधँमा दुख्ने, ढाडमा दुख्ने, एक्कासी तौल घट्ने, धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन्।

प्रकाशित: २३ मंसिर २०७७ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App