८ वैशाख २०८१ शनिबार
समाज

विरामीलाई फलफूल वितरण

कर्णाली प्रदेश अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिँदै ।

भेल्भिन जोन्स सप्ताहको अवसर पारेर लायन्स क्लव सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । सप्ताह अन्र्तगत प्रदेश अस्पतालमा रहेका ५५ जना विरामीहरुलाई फलफूल वितरण गरिएको अध्यक्ष खेमराज रावतले जानकारी दिए । 
भेल्भिन जोन्स सप्ताहको अवसर पारेर सुर्खेत एरियाका लायन्स क्लवहरुले शनिबारदेखि हरेक दिन विविध कार्यक्रम गरिरहेका छन् । 

एरिया चिफ हरिहर बस्नेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित इखेनी बस्तीबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम शनिबार लोपोन्मुख राउटे समुदायलाई न्यानो कपडा वितरण गरेर सम्पन गरिने जानकारी दिए । ‘सर्खेत क्षेत्रमा रहेका सबै लायन्स क्लवहरुले एक–एक वटा सामाजिक सेवाहरु गरिरहनु भएको छ,’ बस्नेतले भने, ‘त्यसैको निरन्तरतास्वरुप प्रदेश अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेका हौं ।’ 

कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले लायन्स क्लवले फलफूल वितरण गरेर विरामीहरुको आत्मासँग जोडिने काम गरेको बताए । ‘यस्ता सहयोगले अस्पतालको बेडमा रहेका विरामी र सामाजिक संस्थाहरुबीच सम्वन्धलाई अझ मजबुत बनाउँछ,’ उनले भने, ‘अस्पताललाई विगतदेखिनै लायन्स क्लवहरुले पुर्‍याएको योगदान र सहयोग महत्वपूर्ण रहँदै आएको छ ।’

जोन चेयरपर्सन भद्र भण्डारीले सुर्खेतमा रहेका २० वटै लायन्स क्लवहरु सामाजिक काममा अग्रसर रहेको बताए । उनले विपन्नहरुलाई आयआर्जनका कार्यक्रमदेखि अस्पतालहरुलाई उपकरणसम्म लायन्स क्लवहरुले सहयोग गरिरहेको बताए । कार्यक्रममा जोन चेयरपर्सन विनु सिं भाष्कर, लायन्स क्लव अफ सुर्खेत गढीका अध्यक्ष एवम् सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल, कर्णाली प्रदेश अस्पतालका नर्सिङ इन्चार्ज पद्मा देवकोटा, डिष्ट्रिक डिपार्टमेन्ट मेम्वर कवीराज कँडेललगायतको सहभागिता रहेको थियो । 

प्रकाशित: २ माघ २०७७ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App